Bisal Chautari Logo

गौचन हत्यामा संलग्न सुटरसहित ५ पक्राउ, तर मुख्य योजनाकार भने फरार

- २८ कार्तिक २०७४, मंगलवार ११:१७ मा प्रकाशित


Arrested in Gauchan murder
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २८ मंगलवार । नेपाल प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्या गरी फरार रहेका ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । गौचनको साउन २३ गते राजधानीको वानेश्वरस्थित प्रयोग चोकमा गोली हानि हत्या भएको थियो ।

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्याका २१ वर्षीय राजिव स्याङ्ताङ , पर्सा कालिकामाईका ३५ वर्षीय शिवजी महतो, भारत बिहारका २४ वर्षीय मुकेश कुमार पाण्डे, पर्साको ठोरीका सन्तोष गुरुङ र काठमाडौंको नागार्जुनका प्रकाश बुढाथोकी रहेका छन् । यीमध्ये २१ वर्षीय स्याङ्तान सुटर भएको प्रहरीले जनाएको छ । यस्तै महतो र गुरूङले मोटरसाइकलको व्यवस्था गरेका थिए ।
यसैगरी मुकेश कुमार पाण्डेले हतियारको व्यवस्थापन गरेका थिए भने प्रकाश बुढाथोकीले घटनामा सहयोगीको भूमिका खेलेको नेपाल पुलिस क्लबमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

प्रतिक्रिया