Bisal Chautari Logo

शेरधनको गाडीमा बम प्रहार भएपछि नेकपा एमालेले निकाल्यो यस्तो विज्ञप्ति

- २८ कार्तिक २०७४, मंगलवार ०६:३७ मा प्रकाशित


Bomb attack on Sher Dhan rai’s car
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २८ मंगलवार । नेकपा एमालेका प्रदेश नम्बर १ का सहसंयोजक तथा वाम गठबन्धनबाट भोजपुर क्षेत्र न.२ को प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राई चढेको गाडीमाथि आज भएका बम प्रहारमा नेकपा एमालेले कडा शब्दमा निन्दा गरेको छ ।
एमालेका अध्यक्ष केपी ओलीले एक विज्ञप्ति जारी गर्दै राईमाथि भएको सांघातिक आक्रमणलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताएका छन् ।
उनले आक्रमणलाई आफूले सिंगो एमालेपार्टीपंक्तिमाथिको आक्रमणको रुपमा लिएको भन्दै घटनामा जोसुकै संलग्न भएको भएपनि उनीहरुको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचनलाई भाड्ने र मुलुकलाई भाँडभैलो मच्चाइरहने स्पष्ट भएको बताएका छन् ।
विज्ञप्तिमा बाम गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को गर्दै आक्रमणको घटना जारी रहनुले आफू आश्चर्यचकित भएको भन्दै ओलीले यस्ता खालका घटनाप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया