Bisal Chautari Logo

शेरधन राई चढेको गाडीमा बम र गोली प्रहार, सुरक्षा गार्ड घाइते

- २८ कार्तिक २०७४, मंगलवार ०५:५३ मा प्रकाशित


Bomb attack on care of Sher Daman Rai
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २८ मंगलवार । वाम गठबन्धनबाट भोजपुर क्षेत्र न.२ को प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राई चढेको गाडीमाथि बम प्रहार भएको छ । आज बिहान भोजपुर सदरमुकामबाट टेम्के मैयुम गाउँपालिकाको चुनावी सभामा जादै गर्दा बम प्रहार भएको हो ।

                                                  शेरधन राई चढेको वमले क्षतिग्रस्त गाडी

नेता राई चढेको बा १५ ज ५६०८ नम्बरको गाडी क्षतिग्रस्त भएको तर नेता राई भने सकुशल रहेको सँगै रहेका अखिलका सचिव मकर खड्काले जानकारी दिए । राईमाथि भोजपुरको टेम्के मैयुम नगरपालिकाको वडा नम्बर–६ कोट स्थित गुम्बा भन्ने स्थानमा बिहान ९ बजेर ५० मिनेट जादा बम प्रहार गरिएको र बम प्रहारपछि गोली पनि प्रहार गरेको छ । राई, नेकपा (एमाले)का पोलिटब्युरो सदस्य र पूर्व सुचना तथा सञ्चारमन्त्री हुन ।

                                                           शेरधन राई चढेको वमले क्षतिग्रस्त गाडी

गोली लगेर राईको सुरक्षा गार्डका असई डिल्ली देवकोटा घाइते भएका छन् । उनको हातमा गोली लागेको छ । बम र गोली प्रहारपछि राईको सुरक्षा गार्डले २१ राउन्ड जवाफी फाइरिङ्ग गरेका थिए ।घटनाको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन ।

  हातमा गोली लागेको सुरक्षा गार्डका असई डिल्ली देवकोटा

 

 

प्रतिक्रिया