rajesh payal rai song record in america
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक २७, सोमबार । मेघा स्टार गायक राजेशपायल राई अहिले अमेरीका साङ्गीतक कन्र्सट अनी त्यहा गरिएको सम्मानका कारण चौतर्फी चर्चामा रहेका छन् । अमेरीकाको विभिन्न सहरहरुमा सफल कन्र्सट गरेका गायक राजेशपायल अमेरीकामापनि गीत रेकर्डका ब्यास्त भए ।
अमेरीकाको विभिन्न सहरहरुबाट कन्र्सट सकेर न्युयोर्क पुगेर २ गीत रेकर्ड समेत गर्न भ्याए । न्युयोर्क स्थित ओम मेघा स्टुजियोमा केही दिन अगाडी गीत रेकर्ड गरेका हुन् । राजेश गुरुङको शब्द तथा संगीतमा ‘कान्छि तिम्रो सम्झनामा लै लै’ बोलको गीत रेकर्ड गरे भने, अर्को संगीतकार दिप घतानीको संगीत र गीतकार ममता राई ‘यात्री’को शब्दमा ‘कोहि हराउने’ बोलको गीत रेकर्ड गरे । अमेरीकामा अहिले सम्म गायक राजेश पायलले ४ वटा गीत रेकर्ड गराउन सफल भएका छन् ।
उनी मात्र यस्ता गायक हुन्, जस्ले विदेशमा धेरै गीत रेकर्ड गरेका छन् । यस बारेमा बिशाल चौतारीसंग कुराकानी गर्दै राजेश पालयलले भने ‘हामिले नेपाली चलचित्रका गीतहरु विदेशको कुरा गर्ने हो भने इन्डियामा मात्र रेकर्डिङ गरिरहेका हौ । तर म आफुलाई भाग्मानी ठान्छु की मैले कोरिया, जापान र अमेरीकामा आफ्ना गीतहरु रेकर्ड गर्न पाइरहेको छु ।’
प्रतिक्रिया