Bisal Chautari Logo

इटहरीमा घरभरी पेस्तोलै पेस्तो भेटाए प्रहरीले (फोटो सहित)

- २७ कार्तिक २०७४, सोमबार ११:३६ मा प्रकाशित


Gun found police (including photo)
विशाल चौतारी समाचार
इटहरी २०७४ कात्तिक २७ सोमवार । इटहरीमा प्रहरीले पेस्तोल, एयरगन, गोली, खुकुरी, तरवार र कट्टी जस्ता घातक हतियार फेला पारेको छ । इटहरी चोक नजिककैको मनोज चौधरीको घरबाट प्रहरीले बारामत गरेको हो ।

                                                                                                 फोटो :स्रोत रातोपाटि

गत बिहीबार राती इटहरी ४ स्थित चौधरी टोलमा एक्कासी गोली चलेको थियो । गोली चलेको केही मिनेटमै प्रहरी घटनास्थल पुग्यो । तर, गोली चलाउने व्यक्ति फरार भैसकेका थिए । घटनास्थलमा एक थान गोलीको खोका फेला पार्यो प्रहरीले । गोली ‘अटोमेटिक’ पेस्तोलबाट फायर गरिएको थियो ।
मनोज चौधरीले अर्काे सुजन नेपाललाई तर्साउन हवाई फायर गरेका थिए । प्रहरीले गोली चलाउने चौधरीको खोजीलाई व्यापक बनायो । तर चैधरी बा ५ च २७८ को आफ्नो कार छाडेर फरार भैसकेका थिए । सादा पोसाकमा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी संञ्जय बहादुर राउत सहितको टोलीले उनको घर खानतलासी गर्दा उनको कोठामा राखिएका हतियार र अन्य सामाग्री भेटेका हुन ।
चौधरीले घटनास्थलमा पड्काएको पेस्तोल कोठामा फेला नपारेपनि अन्य (होम मेड) एयर पेस्तोल ३ थान फेला परयो । साथै १६ थान खेलौना बन्दुक, गोली २ थान, ३ थान कट्टी, नक, चक्कु, ७६ थान हाते घडी, ल्यापटप, २५ थान मोबाइल सेट उनको कोठाबाट बरामद भयो ।
                                                                                             फोटो: स्रोत रातोपाटि

उनको कोठाबाट बरामद गरेको हतियारले फरार मनोज चौधरी कुख्यात अपराधी हुन सक्ने दाबी गरेको छ । चौधरी इटहरी क्षेत्रमा साना हतियार र लागुऔषधको कारोबारी भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी राउतको दाबी छ ।
पत्रकार सम्मेलनमा बोल्दै डिएसपी राउतले लागुऔषध खरिदबिक्री गर्दा पैसा नहुने प्रयोकर्ताहरुबाट घडी र मोबाईल चौधरीले लिने गरेको उनको भनाई छ । ‘इटहरीमा यति धेरै हतियार अहिलेसम्म फेला परेको थिएन’, राउतले भने ‘यो प्रहरीको सफलता हो’ ।
चौधरीको खोजीमा प्रदेश १ लगायत देशका बिभिन्न स्थानमा प्रहरी परिचालन गरिएको समेत उनले बताए । उनि चाडै पक्राउ पर्ने राउतको दाबी छ । उनलाई ज्यान मार्ने उद्योग, लागुऔषध र हातहतियार तथा खरखजनाको मुद्धा दायर गरिएको पत्रकार सम्मेलनमा डिएसी राउतले जानकारी दिए ।

 

प्रतिक्रिया