Bisal Chautari Logo

एम्बुस विष्फोट गराइएको २४ घण्टा नपुग्दै फेरी वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार

- २६ कार्तिक २०७४, आईतवार १०:४२ मा प्रकाशित


Targeting the Barsaman Pun and shooting the shoot
विशाल चौतारी समाचार
लिबाङ, २०७४ कात्तिक २६ आइतवार । माओवादी केन्द्रका नेता एवम् वाम गठबन्धनको तर्फबाट रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’लाई लक्षित गोली प्रहार भएको छ । एम्बुस विष्फोट गराइएको २४ घण्टा नपुग्दै नेकपा फेरी पुनलाई लक्षित गोली प्रहार भएको हो ।
                                                                                                                            फाइल फोटो

दुईखोली गाउँपालिका–६ वागमारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा आइतबार बिहान ११ बजेर २५ मिनेट जाँदा पेस्तोलबाट गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
दुईखोला गाउँपालिका–३ केउरी खोलाको जंगलबाट अज्ञात व्यक्तिले पेस्तोलबाट गोली हानेको प्रहरीको भनाइ छ । पूर्वअर्थमन्त्री समेत रहेका पुन चढेको वा १५ च ८६२८ नम्बरको गाडीलाई लक्षित गरी एक राउण्ड फायरिङ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।
राङ्सीको चुनावी सभापछि बागमारा तर्फ जाँदै गर्दा भीरबाट ढुंगामुढा समेत पल्टाएर बाटो अवरोध गर्न खोजिएको थियो। पेस्तोलको आवाज आएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो। ५÷६ सय मिटर टाढाको दूरीबाट पेस्तोलको आवाज आएको प्रहरीको दाबी छ।
सुकिदह गाउँपालिकाको चुनावी सभाबाट घर्तीगाउँ फर्कदै गर्दा शनिबार बिहान भिताबाङमा एम्बुस विष्फोट गराइएको थियो। उच्च सुरक्षा सर्तकताका कारण सबै उम्मेदवारसहितका नेता कार्यकर्ता सुरक्षित साथ वागमारा पुगेको प्रहरी निरीक्षक पन्थीले बताए। एम्बुस विष्फोट र पेस्तोल पड्काइएको बारे अझसम्म कसैले जिम्मेवारी भने लिएको छैन।

 

प्रतिक्रिया