Namrata Sapkota music video Piune Pani Rahar Chha
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक २२, बुधबार । चर्चित गजल गायक थानेश्वर गौतमको स्वरमा रहेको ‘पिउने पनि रहर छ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । श्याम रेग्मीको शब्दमा तयार भएको गीतमा गायक गौतम आफैको स्वर र संगीत सुन्न सकिन्छ । रोहित बस्नेतको कोरियोग्राफीमा नायिका नम्रता श्रेष्ठ र मोडल किरण गुरुङले गीतको भिडियोमा छमछम नाचेका छन् ।
पछिल्लो समय एकपछि अर्को हिट म्यूजिक भिडियो आफ्नो नाममा दर्ता गराइरहेका रोजल थापा यो भिडियोका निर्देशक हुन् । सुरेश राउतको सम्पादन रहेको भिडियोका छायााकार रामेश्वर कार्की हुन् । भिडियोमा कतै कतै गायक आफै पनि हातमा मद्यिरा बोकेर शराबी शहर बताइरहेका छन् ।
पछिल्लो समय देश तथा विदेशका कन्सर्टहरुमा भ्याई—नभ्याई गायक गौतमले दर्शक—स्रोतालाई फरक स्वाद दिने उद्येश्यले नयाा गजल गीत लिएर आएको बताए । यसअघि थानेश्वर गौतमले ‘विर्सिएर श्रृगारमा गाजल लगाइनछौं’, ‘स्याङजा गएा पाल्पा गएा’, ‘सिन्दुर लाउने हौली माया’, ‘यहाा यस्तै हुन्छ प्यारी’सागै फिल्म ‘रामप्यारी’मा समावेश ‘छमछम ती पाउजुहरु बजाएर नाच’ बोलको गीतमा समेत आफ्नो जादूमय आवाज भरिसकेका छन् ।
Song Title – Piune pani rahar chha
Singer -Thaneshwor gautam
music-Thaneshwor gautam
Lyrics -shyam Regmi
Music arranger -Aasis abiral
recodist-Sajan shah
Mixing- Kishwor Thapa
Artists- Namrata sapkota /kiran gurung
Video Director-Rosel Thapa
Camera- Rameshwor karki
choreographer-Rohit Basnet
प्रतिक्रिया