shilpa maskey and najir hussain movie kagaj patra
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक २१, मंगलबार । हलिउड चलचित्र ‘डक्टर स्ट्रेञ्ज’मा समेत दृश्य दिने अबसर पाएकी नेपाली अभिनेत्री शिल्पा मास्केको चर्चा केही समय अगाडीदेखी आइरहेको थियो । यही क्रममा अपिल विष्टको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘कागजपत्र’मा शिल्पा मुख्य भुमिकामा देखिनेछिन् ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र ‘कागजपत्र’को औपचारिक निर्माण घोषणा भयो । अब शिल्पाको लागी ‘कागजपत्र’ डेब्यू नेपाली चलचित्र बन्नेछ ।
यो चलचित्रमा शिल्पाले पछिल्लो समयका निकै ब्यास्त अभिनेता नाजिर हुसैनसँग जोडी बाध्नेछिन् । कार्यक्रममा बोल्दै उनले कुनै पनि नेपाली चलचित्रको कार्यक्रममा पहिलो पटक यसरी प्रस्तुत भएको भन्दै केहि ‘नर्भस फिल’ लागेको भाव राखिन् । आफुलाई गरिएको विश्वासलाई नतोड्ने भन्दै जतिसक्यो राम्रो काम गरेर देखाउने शिल्पाले बताइन् ।
त्यस्तै नाजिरले चलचित्र कमेडी जनरामा निर्माण हुन लागेको बताए । शिल्पालाई ‘वेलकम ईन आवर ईन्डष्ट्री’ बोलेका उनले अन्य फिल्ममा भन्दा केहि फरक र पृथक काम यो चलचित्रमा गरेर देखाउने दाबी गरे । नाजिर र शिल्पासगै भोलाराज सापकोटा, सरिता गिरी, लक्ष्मी वर्देवा लगायत यो चलचित्रमा लिड अभिनयमा रहनेछन् ।
वर्ल्डवाईड फिल्म डिष्ट्रीवुसन कम्पनि तथा औष फिल्मस् को ब्यानरमा बन्ने यो फिल्म यहि नोभेम्बर ९ तारिखबाट फ्लोरमा जानेछ । फिल्ममा लगानी खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापति शिवाकोटीको रहनेछ भने कार्यकारी निर्माता बिशारद बस्नेत छन् ।
प्रतिक्रिया