Bisal Chautari Logo

वाम गठबन्धनको घोषणापत्र सार्वजनिक, यस्तो छ पुरा घोषणपत्र हेर्नुहोस

- २१ कार्तिक २०७४, मंगलवार ११:४१ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २१ मंगलवार । आसन्न निर्वाचनका लागि गठबन्धन बनाएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
पत्रकार सम्मेलन गरी एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन। आगामी मंसिर १० र २१ गते हुने प्रतिनिनिधसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल र चुनावपछि पार्टी एकता गर्ने सहमति ती दलले गरेका छन् ।
घोषणापत्रमा समावेश  बुँदाहरु यस्ता छन्
–दुई वर्ष्भित्र नेपाललाई आधारभूत खाद्यान्न, माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाइने । पााच वर्ष्भित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा र्पुयाइने ।
–कृषियोग्य भूमि सहकारिताका आधारमा चक्लाबन्दी गर्न प्रोत्साहन गरिने । कृषि उत्पादकत्व १० वर्षमा दोब्बर गरिने ।
–कृषि उत्पादन, भण्डारण र वितरणमा अत्याधुनिक प्रविधिको प्रयोग र यान्त्रिकीकरण गरिने ।
–पाँच वर्षमा सम्पूर्ण सिाचाइयोग्य कृषिभूमिमा आधुनिक सिाचाइ प्रणाली लागू गरिने ।
–आगामी पाँच वर्षमा सबै उत्पादन क्षेत्र, औद्योगिक क्षेत्र र सडकमा चौबिसै घण्टा पर्याप्त विद्युत् उपलब्ध गराइने ।
–आगामी १० वर्षमा जल, जैविक, सौर्य, वायु, फोहर प्रशोधन र अन्य वैकल्पिक माध्यमबाट १५ हजार मेगावाट विद्युत् उत्पादन गरिने ।
–‘घरघरमा बिजुली ः जनजनमा शेयर’ नीति लागू गर्दै आकर्षक जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवर्द्धन गरिने ।
–काठमाडौं–तराई द्रुतमार्ग चार वर्षभित्र निर्माण गरिने । पूर्व–पश्चिम राजमार्गलाई पााच वर्ष्भित्र ६ लेनमा स्तरोन्नति गरिने । आगामी पााच वर्षमा हुलाकी राजमार्गलाई ४ लेनमा स्तरोन्नति गरिने ।
–मध्यपहाडी पुष्पलाल राजमार्गलाई ४ लेनमा स्तरोन्नति गरी पााच वर्षमा सम्पन्न गरिने । उत्तर–दक्षिण राजमार्ग तथा तराईका सबै जिल्लामा राजमार्गदेखि नेपाल–भारत सिमानासम्म ४र६ लेनका राजमार्ग निर्माण गरिने । हिमाली जिल्लाका सदरमुकामदेखि नेपाल–चीन सिमानासम्म २र४ लेनका राजमार्ग निर्माण गरिने ।
–आगामी पाँच वर्षमा पूर्व–पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्चालन गरिने । यसै अवधिमा रसुवागढी–काठमाडौं–पोखरा, लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गरिने । आगामी पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथहरूमा आवश्यक गतिको रेल सञ्चालन गरिनेछ । काठमाडौं र वीरगञ्जलाई जोड्ने रेलमार्ग निर्माण कार्य अघि बढाइने । काठमाडौंलगायत अन्य मुख्य सहरहरूमा सम्भाव्यता हेरी मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गरिने ।
–राजधानी काठमाडौंलाई छिमेकी मुलुकका रेलमार्ग सञ्जालसाग तथा राजधानीलाई सबै प्रादेशिक केन्द्रहरूसाग द्रुतमार्गहरूद्वारा जोडिने ।
–त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थललाई विस्तार तथा स्तरोन्नति गरिने । आगामी पााच वर्ष्भित्र निजगढमा अत्याधुनिक अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गरिने । दुई वर्ष्भित्र भैरहवा र तीन वर्ष्भित्र पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गरिने ।
–विराटनगर, नेपालगन्ज, सुर्खेत तथा धनगढी विमानस्थलहरूलाई अन्तर्रा्ष्ट्रिय स्तरमा विस्तार र स्तरोन्नति गरिने । सबै आन्तरिक विमानस्थलहरूलाई अत्याधुनिक, सुविधासम्पन्न र सुरक्षित हुने गरी विस्तार तथा आधुनिकीकरण गरिने ।
–आगामी १० वर्षमा ५० लाख पर्यटकहरू र्पुयाउने गरी प्रचारप्रसार, बजार प्रवद्र्धन, पूर्वाधार निर्माण र पथप्रदर्शकहरूका लागि तालिम केन्द्रहरूको स्थापना गरिने ।
–‘एक प्रदेश न्यूनतम एक आधुनिक औद्योगिक क्षेत्र’ नीतिअनुरूप सबै प्रदेशमा ठूला औद्योगिक क्षेत्र स्थापना गरिने । विद्यमान औद्योगिक क्षेत्रहरूलाई आधुनिकीकरण गरिने । यी औद्योगिक क्षेत्रहरूमा १० वर्ष्भित्र १० लाख व्यक्तिले रोजगारी प्राप्त गर्ने उद्योगहरू स्थापना गरिने ।
–आफ्नै अनुभवहरूको समीक्षा गर्दै र संसारभरिका नमूना शिक्षा प्रणालीहरूको अध्ययन गर्दै राष्ट्रिय अर्थतन्त्र निर्माण र राज्य सञ्चालन गर्न आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणका लागि आगामी दुई वर्ष्भित्र परिमार्जित शिक्षा नीति लागू गरिने ।
–सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बिमामा आबद्ध गरिनेछ । गरिबीको रेखामुनि रहेका जनताका लागि बिमा रकमको ५० प्रतिशत सरकारले भुक्तानी गरिदिनेछ । १५ वर्षमुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निस्शुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने ।
–सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार रुपैयाा र्पुयाइने । ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सबै किसिमका यातायात भाडामा २५ प्रतिशत र ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिनेछ ।
–सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण र न्यानो कपडाका लागि एकमुष्ट ५ हजार भत्ता र रोजगारमा संलग्न महिलालाई १४ हप्ताको सुत्केरी बिदा दिइनेछ ।

प्रतिक्रिया