Starting investigation on the possibility of earning assets
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक १९आइतवार । अख्तियार दुरुपयोग आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालमाथि अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले छानविन थालेको छ ।
फाइल फोटो
अर्यालले गत फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका थिए । अर्यालमाथि प्रारम्भिक छानविन थालेको उच्च स्रोतले जनाएको छ । अख्तियारले सम्पत्ति विवरण (१३ पन्ने) भराइसकेको छ । ‘हामीले केही प्रमाण फेला परेपछि नै बोलाएका हौं,’ स्रोतले बताए ।
अर्यालसँगै आयोगले काठमाडौं महानगरपालिका सुरक्षा प्रमुख धनपति सापकोटा, बहालवाला सचिव गजेन्द्र ठाकुरलाई समेत अनुसन्धान शुरु गरेको हो।
प्रतिक्रिया