Bisal Chautari Logo

गायिका कोमल वली एमाले विरुद्ध यस्तो एक्सन लिदै

- १७ कार्तिक २०७४, शुक्रबार १०:०८ मा प्रकाशित


Singer Komal Wali  take action UML
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक १७ शुक्रवार । केही समयअघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेकपा एमालेमा प्रवेश गरेकी चर्चित लोकगायिका कोमल वलीले टिकट नपाएपछि स्वतन्त्रमा उम्मेदवारी दिएकी छिन् । उनले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएकी हुन ।
                                                                                                                        फाइल फोटो

एमालेका केही नेताहरूले फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरे पनि उम्मेदवारी फिर्ता लिने नलिने विषयमा प्रष्ट भने भइसकेकी छैनन् । उनले भनिन् ‘फिर्ता लिन्छु लिन्न कुनै निर्णयमा पुगेको छैन सायद उम्मेदवारी फिर्ता लिन्नहोला।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत भएकी वली, राप्रपा विभाजन भएसँगै एमाले प्रवेश गरेकी थिइन्। एमालेमा राजनीतिक प्लेटफर्म हेरेर छिरेको बताउने वली एमालेले टिकट नदिएर अन्याय गरेको बताउँछिन्। वली भन्छिन् ‘म यस ठाउँको स्थापित महिला हुँ, म चुनाव जित्न सक्छु तर एमालेले टिकट नदिएर मलाई अन्याय र्गयो ।’

प्रतिक्रिया