Balakrishna Dhangel arrested
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक १४ मंगलवार । माओवादी नेता बालकृष्ण ढुंगेल पक्रउ परेका छन् । ललितपुरको सातदोबाटोबाट मंगलबार बिहान सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेका हो ।
सर्वाेच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएपछि ढुंगेल फरार भएको थियो । ओखलढुंगाका उज्ज्वन कुमार श्रेष्ठको हत्याको अभियोगमा सजाय सुनाइएका ढुंगेल अहिलेसम्म ‘फरार’ थिए । ढुंगेल पक्राउ परेको बारे उनका आफन्तले जानकारी दिएपनि प्रहरीले भने पुष्टि गरेको छैन ।
२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो। ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो ।
प्रतिक्रिया