Bisal Chautari Logo

रिचाले फेसबुक स्टाटस राखेर आत्महत्या गरे लगातै, २१ बर्से युवाले पनि फेसबुकमै ‘समाप्त’ लेखेर आत्महत्या

- १४ कार्तिक २०७४, मंगलवार ०६:०९ मा प्रकाशित


Youth also committed suicide by writing ‘Finished’ in Facebook
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक १४ मङ्गलवार । आत्महत्या विभिन्न कारणले गर्दा बढ्दै गएको छ । आत्मत्या गर्नेमा सबै भन्दा बढी युवायुवतीहरु नै रहेको पाइन्छ । झापका २० बषीया युवतीले रिचा सेढाइले ‘यदि म मरे भने मेरो बारेमा सबैभन्दा बढी के सम्झनु हुन्छ ?’ भनेर समाजिक सञ्जाल फेसबुक स्टाटस राखेर आफ्नै घरको कोठमा सलको पासो लगाएर आत्महत्या गरेकी थिइन ।
                                                                                                                    फाइल फोटो

यसरी रिचाले आत्म हत्या गरेको हप्ता दिन नबित्दै अर्को एक युवाले पनि समाजिक सञ्जाल फेसबुकमै ‘समाप्त’ स्टाटस लेखेर आत्म हत्या गरेका छन् । त्रियुगा नगरपालिका वडा नं.११ निवासी अन्दाजी २१ वर्षीय सुशील कोइराला ।
उनले बिहीबार मध्यराति १ बजेर २० मिनेट जाँदा आफ्नो फेसबुक ‘समाप्त’ शब्द लेखेर त्यस पछि गलामा पासो लगाई झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराए ।
प्राय जसो उनको फेसबुकमा पीडादायी र निराशाजनक शब्दले भरिएका साहित्यिक वाक्यहरु लेख्दै आएका थिए । कोइराला मानसिक तनावमा रहेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरबहादुर केसीले बताए ।
केही समय देखि आफन्त भन्दा टाढा बस्दै आएका सुशील पाँच सात दिन अगाडी मात्रै श्रीमती र साना साना दुई छोराहरुलाई ससुराली काठमाडौँ छोडेर गाईघाट फर्केका थिए । श्रीमतीलाई अघिल्लो दिन मात्रै छिटै घर आउनु भनेका उनले त्यही रात आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरबहादुर केसीले बताए । श्रीमती घर आईपुगिन तर कोठा बन्द थियो । त्यसपछि श्रीमतीले छिमेकीको साहायतामा ढोका खोल्दा श्रीमान् झुण्डिएको अवस्थामा फेला परेको श्रीमतीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया