Nepal idol Buddha Lama’s car
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक ११ शनिवार । एपी वान टेलिभिजनद्वारा प्रसारित नेपालकै चर्चित रियालिटी शो ‘नेपाल आइडल’को पहिलो सिजनका विजेता बद्ध लामालाई प्रथम पुरस्कार स्वरुप महिन्द्र केयुभी वान ओओ (Mahendra KUV 1 oo) र नगत रु २० लाख रुपैया प्रदान गरेको छ ।
त्यासैगरी नेपाल आइडलका फष्ट रनरअप निशान भट्टराईलाई नगत रु १५ लाख र सेकेण्ड रनरअप प्रताप दासलाई नगत रु १० लाख प्रदान गरिएको छ । बुद्ध लामा र एपीवान एचडी बिच १५ लाख बराबरको एल्बमका लागि पनि हस्ताक्षर भएको छ ।
शुक्रवार एएमएनका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले पुरस्कार प्रदान गरेका हुन । गत असोजमा ६ गते कतारमा आयोजित नेपाल आईडलका फिनालेमा बुद्ध लामा विजेता भएका भए पनि शुक्रवार मात्र पुरस्कार प्रदान गरेको हो । नेपाल आईडल नेपालमा आयोजित नेपालकै पहिलो अन्तराष्ट्रिय फेन्चाइज तथा सबै भन्दा बढि राशीको शो हो ।
प्रतिक्रिया