A bus accident carrying Nepali workers in Malaysia
विशाल चौतारी समाचार
मलेसिया, २०७४ कात्तिक ०७ मंगलवार । मलेसियाको पेनाङ शहरमा आज बिहानै दुई वस जुध्दा आठ जनाको मृत्यु भएको छ । बिदेशी कामदार बोकेका दुईवटा बस एक आपसमा ठोकीएको हो ।
फाइल फोटो
सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भिर घाइते भएको न्यू स्ट्रेट टाइम्सले जनाएको छ ।
मृत्यु हुनेहरुको नाम खुलाइएको छैन् तर प्रहरीले मृतक सवै महिलाहरू रहेको जनाएको छ। यसबारेमा अहिलेसम्म क्वालालम्पुरस्थित नेपाली राजदूतावासले कुनै जानकारी दिएको छैन् ।मृत्यु हुनेहरू कुन देशका कति नागरिक भन्नेमा अहिलेसम्म मलेसिया प्रहरीले केहि जानकारी दिएको छैन ।
प्रतिक्रिया