Bisal Chautari Logo

राई इज किङलाई भाइटिकामापनि छाडेनन्, अमेरिकाबासीले || टिकाकै दिन भब्य कन्र्सट

- ५ कार्तिक २०७४, आईतवार १७:३३ मा प्रकाशित


rajesh payal rai concert in usa
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक ५, बिहिबार । सार्वधिक ब्यास्त एवम लोकप्रिय गायक राजेश पायल राई अहिले दशै तिहार धमाका नामक कार्यक्रमका लागी अमेरिका रहेका छन् ।
अक्टुबर २१ तरिकका दिन भाइ टिकाको दिन अमेरीका स्थित पोर्टलेन ओरिगनमा भब्य तथा सभ्य कार्यक्रमको आयोजना गरियो । आयोजकद्धय राजु राई, श्री राई र चन्द्र सुनुवारका अनुसार कार्यक्रम अत्यन्तै सफल भएको जानकारी विशाल चौतारीलाई दिए ।
कार्यक्रममा गायक राईले मैले ‘मायाले दिएको चिनो’ बोलको गीतबाट कार्यक्रमको ढोका खोलेका थिए । कार्यक्रममा दर्शकहरुको लगातार वान्समोर पाएपछि २५ वटा गीत प्रस्तुत गरेका थिए । गायक राईले क्रमश: तिम्ले बाटो फेरेउ अरे, दर्शन नमस्ते–३, फैलियो माया, म त मर्छुकी क्याहो ठुली, तिमिलाई राजे, मलाई पनि अंग्रेजीमा, उकालीमा जादा जादै, झिमझिम गर्ने परेली, दिक्तेल बजार र अन्त्यमा जापनिज गीत गाएर कार्यक्रमको ढोका बन्द गरेका थिए ।
उक्त कार्यक्रम निश्वार्थ आफ्नो चाडपर्वलाई लक्षित गरी तिहारको उपलक्ष्यमा आयोजना गरिएको राजु राईले बताए । अमेरिका स्थित पोर्टलेन ओरिगनमा अहिले सम्म भएको कार्यक्रम मध्ये यस पटकको कार्यक्रम भव्य अनी सभ्य भएकोपनि आयोजक राजुले बताए । कार्यक्रमको बारेमा बताउदै गायक राजेशपायलले तिहारको समयमापनि उहाहरुसंग कार्यक्रम गर्न पाउदा सुदख क्षण रहेको बताए ।
उक्त कार्यक्रम पस्चात राई अक्टुबर २९ तारिकका दिन न्युयोर्क, नोभेम्बर ४ तारिकका दिन नियाम्सा प्रस्थान गर्दैछन्, भने अमेरिकाको टुरपछी हङकङ, दुबई र इन्डियाको आसाम कार्यक्रमकै लागी जादैछन् ।

प्रतिक्रिया