Six paraglider dropped in Fewatal
विशाल चौतारी समाचार
पोखरा, २०७४ असोज ३० सोमबार । पोखराको फेवातालमा छ वटा प्याराग्लाइडरफेवातालमा खसेको छ । सराङकोटबाट उडेका यात्रुसहितका प्याराग्लाइडिङ तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेका छन् ।
फाइल फोटो
दिउँसो करिव १ बजे सराङकोटबाट उडेको केहि समयपछि नै तीव्र गतिको हावाका कारण प्याराग्लाइडिङमा समस्या आएपछि खसेको हो । ग्लाइडरसहित फेवातालमा खसेका पाँचजना यात्रु र छ जना पाइलट सकुशल छन् । पाँचवटा टेण्डम फ्लाइट र एउटा सोलो फ्लाइटको प्याराग्लाइडर फेवातालमा खसेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।
।
पाइलटको सही निर्णयले यात्रुलाई फेवातालमा सुरक्षित अवतरण गराइएको नेपाल एयर स्पोर्टस एशोसियसनका सदस्य तथा बरिष्ठ पाइलट भुपाल गुरुङले जानकारी दिए ।
‘प्याराग्लाइडर सिधै खसेका होइनन्, हावाको चाप अनुसार विस्तारै सुरक्षित रुपमा तालमा झारिएको हो,’ गुरुङले भने ।
प्याराग्लाइडर तालमा खसेलगत्तै त्यहाँ तैनाथ उद्धारकर्मीहरूले डुंगाको सहायताले तत्कालै उद्धार गरेकाले कुनै मानवीय क्षति नभएको उनले जनाए । एयर स्पोर्टस एशोसियसन, जलारी समूह लगायतको डुंगाले यात्रु र पाइलटको उद्धार गरेका थिए ।
प्रतिक्रिया