Bisal Chautari Logo

बाबुरामले काङ्ग्रेस सँग तालमेल गरे पछि नारायण काजीलाई भयो यस्तो तनाव

- ३० आश्विन २०७४, सोमबार ०९:०१ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज ३० सोमबार । वाम गठबन्धनबाट बाहिरीएपछि नयाँ शक्तिको संयोजक डा.बाबुराम भट्टराईले काँग्रेससँग तालमेल गर्ने भएका छन् । बामगठबन्धनले गोरखा–२ मा आफूलाई नछाडेपछि बाबुराम वाम गठबन्धनबाट बाहिरीएका हुन ।
आफ्नो पार्टीलाई गोरखा–२ मा नछाडिएको भन्दै नयाँ शक्तिले बामगठबन्धन नकुरी आफै उम्मेदवारी घोषणा गरेको हो । माओवादी केन्द्र र नयाँ शक्तिले आ–आफ्नो दाबी नछाडेपछि गोरखाको क्षेत्र नम्बर २ को चुनावी भीडन्त रोचक हुने भएको छ । जहाँ नयाँ शक्तिले पार्टी संयोजक डा.बाबुराम भट्टराई र माओवादी केन्द्रले नेता नारायणकाजी श्रेष्ठलाई एमाले र माओवादी केन्द्रको गठबन्धनले सिफारिस गरेको छ ।
गोरखामा प्रतिनिधिसभा सदस्यका लागि गोरखामा दुई निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । यसअघि गोरखामा तीन निर्वाचन क्षेत्र थिए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा गण्डकी, सहिद लखन, भीमसेन, आरुघाट, धार्चे, चुमनुव्री गाउँपालिका र गोरखा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ रहेका छन् ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका र सुलीकोट गाउँपालिका र गोरखा नगरपालिकाको वडा नम्बर ८, ९, १०, ११, १२, १३ र १४ रहेका छन् ।
प्रतिनिधि सभाकै क्षेत्र नं २ को प्रत्यक्षतर्फ नेता नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चूडामणि खड्का र लेखनाथ न्यौपानेको नाम प्रस्ताव गरेको छ ।
नारायणकाजी श्रेष्ठको नाम यसरी प्रस्ताव भएपछि गोरखा २ मा बाबुराम र नारायणकाजीबीच चुनावी टक्करको सम्भावना बढेको छ। अव बाबुराम र श्रेष्ठबीच भीडन्त हुनेछ । गोरखा दुवै नेताको गृह जिल्ला हो ।

प्रतिक्रिया