Nepali can not produce full? 3 million Mala Import from India
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज ३० सोमबार । स्वदेशमै पर्याप्त मात्रामा सयपत्रीको उत्पादन गर्न नसकेपछि तिहारलाई लक्षित गर्दै भारतबाट तीन लाख माला आयात गरिने भएको छ । तिहारमा फुलको मालामा मात्रै करिब ९० लाख रुपैयाँ विदेशिने गरेको छ ।
नेपाल फ्लोरिकल्चर एसोसियसनले अनुसार तिहारको लागि १४ लाख सयपत्री तथा एक लाख गोदावारी र गुलाफको माग हुने गरेको छ । १४ लाख वटा सयपत्रीका माला मध्ये ३ लाख भारतबाट आयात गर्न लागिएको हो । तिहारको पाँच दिने अवधि त्यसमा पनि विशेषतः लक्ष्मीपुजा र भाइटिकाका दिनमा व्यावसायिक रूपमा १५ लाख वटा मालाको खपत हुने गरेको एसोसियसनले बताए ।
तिहारमा उच्च माग हुने भएकाले स्वदेशमै पर्याप्त उत्पादन गर्न पनि नसकिएको एसोसियसनले जनाएको छ । तिहारमा पनि लक्ष्मीपुजा र भाइटिका गरी दुई दिन मात्र सयपत्रीको माग हुन्छ । त्यसैले अन्य समयमा माग नै नहुने सयपत्रीको व्यावसायिक खेती कम हुने गरेको छ ।
तिहामा करिब साढे सात करोड मूल्यको फुलको कारोबार हुने गरेको छ । तर करिब १५ लाख माला एसोसियसन अन्र्तगतका व्यपारीहरुले गर्ने व्यावसायिक कारोबारको तथ्याङ्क मात्र भएकाले अनौपचारिक रूपमा सोही परिणाम बराबरको माला स्थानीय स्तरमै खपत हुने गरेको छ ।
प्रतिक्रिया