Vigilance of Baburam and Narayanaji
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २९ आइतबार । नयाँ शक्ति वाम गठबन्धनबाट टीकट नपाएपछि बाहिरीएर नयाँ शक्तिले कांग्रेससँग गठबन्धन गर्ने संवाद भएको स्रोतले बताएको् छ ।
गठबन्धन हुँदा सूर्य चिन्हबाट चुनाव लड्ने घोषणा गरेको नयाँ शक्तिले टिकट बाँडफाँडमा कुरा नमिलेपछि अव आफ्नै चुनावी चिन्ह आँखाबाट चुनाव लड्ने भएको छ । बामगठबन्धनमा गडबड भएपछि अव गोरखामा काँग्रेस र नयाँ शक्तिबीचको सम्भावित समीकरणमाथि छलफल शुरु भएको छ ।
आफ्नो पार्टीलाई गोरखा–२ मा नछाडिएको भन्दै नयाँ शक्तिले बामगठबन्धन नकुरी आफै उम्मेद्वारी घोषणा गरेको छ । माओवादी केन्द्र र नयाँ शक्तिले आ–आफ्नो दाबी नछाडेपछि गोरखाको क्षेत्र नम्वर २ को चुनावी भीडन्त रोचक हुने सम्भावना बढेको छ । जहाँ नयाँ शक्तिले पार्टी संयोजक डा.बाबुराम भट्टराई र माओवादी केन्द्रले नेता नारायणकाजी श्रेष्ठलाई मैदानमा उत्रार्ने तयारी गरेका छन् ।
गोरखा–१ मा काँग्रेसलाई र २ मा नयाँ शक्तिलाई छाड्ने विषयमा यी दुई पार्टीबीच अनौपचारिक कुराकानी भएको बताइएको छ ।
प्रतिक्रिया