Bisal Chautari Logo

सकियो संसद्को आयु, बाचिन्जेल गरेका मुख्या काम यी हुन्

- २७ आश्विन २०७४, शुक्रबार ०५:४० मा प्रकाशित


Age of Conduct
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २७ शुत्रबार ।  २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठक शुक्रवार बस्दै छ । ६ सय १ सदस्यीय संविधानसभा संविधान जारी भएपछि कार्यान्वयनमा महत्त्वपूर्ण कार्य गर्नुपर्ने भन्दै संसद्मा रूपान्तरण भएको थियो । नयाँ संविधानको व्यवस्थाअनुसार संसद् स्वतः विघटन हुन लागेको छ ।
                                                                                                                                फाइल फोटो

असोज २८ वा कात्तिक ४ भन्ने विवाद भइरहेका बेला सभामुख ओनसरी घर्तीले कार्यकाल असोज २८ बाट समाप्त हुने जानकारी सांसद्हरुलाई दिइसकेकी छन्। सोही अनुसार शुक्रवारको बैठकलाई अन्तिम बैठक मानिएको छ।
संसद्को म्याद माघ ७ गतेसम्म रहे पनि त्यसअगावै प्रतिनिधिसभा निर्वाचन हुने भए मनोनयनको अघिल्लो दिन स्वतः समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार संसद्को आयु शनिवार समाप्त हुँदै छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने दिन आइतबार तोकेको छ ।
संसद्का मुख्य काम
-रूपान्तरित संसद्को पहिलो अधिवेशन २०७२ असोज १५ गते सुरु
-असोज २४ गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वा्चित
-असोज २७ मा ओनसरी घर्ती सभामुख निर्वा्चित
-कात्तिक ११ मा विद्यादेवी भण्डारी राष्ट्रपति निर्वा्चित
-कात्तिक १४ मा नन्दबहादुर पुन उपराष्ट्रपति निर्वा्चित
-फागुन १२ मा अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्ध महाभियोग प्रस्ताव दर्ता
-साउन ७ मा तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध माओवादी केन्द्रद्वारा अविश्वास प्रस्ताव दर्ता
-प्रस्ताव संसद्को प्रक्रियामा नजाँदै ओलीद्वारा राजीनामा
-काँग्रेसको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री
-काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित
-दर्जनौं ऐन कानुन निर्माण गरी निर्वाचनको आधार तय

प्रतिक्रिया