political news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २४ मंगलबार । आगमि चुनावका लागि गरिएको वाम गठबन्धनलाई भागबन्ड छुट्याउन गाह्रो भएको छ । एमाले, माओवादी र नयाँ शक्तिको ‘वाम गठबन्धन’ लाई कसलाई कति सिट छुट्याउने भन्ने निर्णय गर्न कठिन परेको हो ।
गत मंगलबार बाम गठबन्धन घोषणा गरेका उनिहरुले एक साता वित्दा समेत निर्वाचन क्षेत्र र सिट बाँडफाँड गर्न सकेका छैनन् । यसअघि एमाले र माओवादीले ६० ÷४० को भागबण्डा मिलाउने बताएका थिए ।
बिहीबार कार्यदल बनाएर सिट र क्षेत्र बाँडफाँडको जिम्मेवारी तोकिएपनि औपचारिक रुपमा कर्यदलस्तरको बैठक एक पटक बाहेक बस्नै सकेको छैन । एमालेका महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलाई असोज २२ गते आइतबारभित्र सहमति जुटाउने म्याद तोकिएको थियो । तर, कार्यदलले पाएको समयसीमा सकिएको दुई दिन हुनलाग्दा समेत सहमतिमा नपुगेपछि गठबन्धनभित्र सिटसंख्या र क्षेत्र मिलाउन ‘सकस’ परेको छ ।
प्रतिक्रिया