political news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १९ बिहिबार । तीन पार्टीले बाम एकता तालमेलको घोषण गरेको भोलिपल्ट नै कांग्रेसले पनि छ दलसहीत प्रजातान्त्रिक गठबन्धन गरेको छ । माओवादी केन्द्र, एमाले र नयाँ शक्तिले चुनावी तालमेल घोषणा गरेसँगै नेपाली कांग्रेसको पहलमा प्रजातान्त्रिक गठबन्धन बनेको हो ।
बुधबार बालुवाटारमा पाँच घण्टासम्म लगातार बसेर बेलुका सकिएको छदलको बैठकले प्रजातान्त्रिक गठबन्धन बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।
गठबन्धनमा नेपाली काँग्रेससहित उपेन्द्र यादवको संघीय समाजवादी फोर, विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम, महन्थ ठाकुर नेतृत्वको राजपा नेपाल, कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशम्शेर नेतृत्वको राप्रपा प्रजातान्त्रिक गरी छ दल रहेका छन् ।
केन्द्र र प्रदेशको चुनावमा कसरी तालमेल गर्ने विषयमा छलफल गर्नका लागि सात सदस्यीय एक समिति बनेको छ । कांंग्रेसबाट २ र अन्य ५ दलबाट एक एक जना सदस्य गरी सात सदस्यीय समिति बनाउने निर्णय ती दलहरुले गरेका छन् ।
बैठकमा प्रजान्त्रिक समूहबीच कार्यगत एकता गर्दै बामपन्थीलाई धक्का दिन सकिने निश्कर्ष निकालिएको कांंग्रेस नेता विमलेन्द्र निधिले बताए ।
समितिमा कोको बस्ने त्यसको टुगों विहीबार नौ बजे बस्ने बैठकले टुंगो लगाउने भएको छ ।
प्रतिक्रिया