political news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १८ बुधबार । एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टीले एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेकाछन् । मंगलबार राष्ट्रिय सभागृहमा तीनै दलका शीर्ष नेताहरुले यस्तो घोषण गरेको हो ।
चुनावी तालमेलदेखि पार्टी एकताका विषयमा केन्द्रित छलफलपछि तीनै पार्टी एकताको तहमा पुगेका हुन् । एकता हुने स्तरसम्मै छलफल चलेपछि राजनीतिक तहमा नयाँ तरंग पैदा भएको छ । नेताहरूले तीन दलीय एकीकरणको प्रस्थान बिन्दुका रूपमा मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका छन् । तीन दलले एउटै चुनाव चिह्न लिएर मंसिरकै निर्वाचनमा जाने प्रयास गरे पनि प्राविधिक र कानुनी अड्चन देखिएको नेताहरूले बताएका छन्।
राष्ट्रिय सभागृहमा मंगलबार साँझ आयोजना गरिएको तीन दलबीच भएको सहमतिको घोषणा सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘अरू पार्टी पनि त्यसमै निर्वाचन लड्ने प्रयास भइरहेको छ।’
एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीचको एकीकरणले नेपाली राजनीतिमा नयाँ अध्यायको प्रारम्भ भएको दाबी ओलीले गरे । उनले एउटै कम्युनिस्ट पार्टी बनाएर देश र जनतामा समर्पित हुन यस्तो प्रयास भएको स्पष्ट पारे । ‘यो एकीकरण र तालमेल अन्य कुनै पार्टी्विरुद्ध भएको होइन,’ उनले भने, ‘वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक पार्टी पनि यस एकीकरणमा सामेल हुन सक्छन्।’
कसरी जुट्यो सहमती ?
प्रदेश र केन्द्रको निर्वाचनमा प्रत्यक्षतर्फ ६० र ४० प्रतिशत सिट भागबन्डा गर्ने सहमति गरेका तीन दलले निर्वाचन क्षेत्र भने आपसी सहमतिमा तय गर्ने भएका छन् । तर, वाम एकता र निर्वाचनमा तालमेल गर्न आउने अन्य दललाई दिएर बाँकी स्थानमा मात्र दुई दलले साठी र चालीस प्रतिशत लिने सहमति भएको एमाले र माओवादीका शीर्ष नेताहरूले स्पष्ट पारेका छन्।
एमाले–माओवादी पार्टी एकीकरणको बहस, माओवादी शान्ति प्रक्रियामा आएपछि नै दुई वामपन्थी शक्तिबीच एकीकरणको बहस सुरु भएको थियो । तर सम्भव भने कहिल्यै हुन सकेको थिएन । एकता प्रक्रियामा सामेल एमाले नेता वामदेव गौतमका अनुसार स्थानीय तहको चुनाव अगावै दुई पार्टीबीच तालमेलको विषय उठेको थियो । स्थानीय चुनावमा एमाले र माओवादीबीच महानगरपालिका आधा–आधा बाँड्ने गरी तालमेलमा सहमति भएको थियो । तर ओलीले आधा माओवादीलाई दिन नसकिने जवाफ दिए । माओवादी अध्यक्ष दाहालले एउटा मात्रै महानगर माओवादीलाई दिने भए भरतपुर दिन प्रस्ताव राखे । तर ओलीले भरतपुरबाहेक रोज्न भनेपछि स्थानीय चुनावको सम्भावित तालमेल तुहिन पुग्यो ।
चुनाव चलिरहँदा ओलीले नै गौतम र उपमहासचिव विष्णु पौडेललाई आगामी प्रदेश र प्रतिनिधिसभामा तालमेल गर्ने छलफल चलाउन निर्देशन दिए । ‘चुनावी तालमेल गरौं भन्ने प्रस्ताव एमालेका साथीहरूले गर्नुभयो,’ माओवादी नेता जनार्दन शर्माले भने, ‘पटक–पटक यस्ता प्रस्तावमा छलफल पनि भएका थिए, तर यसपटक ठोस रूपमा अघि बढ्यो ।’
०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछि दुई पार्टीबीच एकीकरणकै लागि प्रक्रिया अघि बढेको थियो । ‘तत्काल चुनावी तालमेल गर्ने र अन्तत पार्टी एकीकरण गर्ने समझदारी मात्रै बनेको थिएन, लिखित डकुमेन्ट नै साटासाट भएको थियो,’
ओलीको सन्देशसहित वैशाख पहिलो सातादेखि गौतम फेरि दाहालको सम्पर्कमा पुगे । यो प्रस्तावमा सुरुमा दाहाल हच्किए । ‘कांग्रेससँग सत्ता गठबन्धनमा रहेका बेला विपक्षी पार्टीसँग कसरी तालमेल गर्ने भन्ने कुरा गर्नुहुन्थ्यो,’ गौतमले भने
ओली, दाहाल र गौतमबीच स्थानीय तहका चुनाव सकिएपछि तालमेल प्रक्रिया सुरु गर्ने समझदारी थियो । प्रदेश २ को चुनाव सकिएलगत्तै गौतम पुन तालमेल प्रस्ताव लिएर लाजिम्पाट पुगे । कांग्रेससँगको सत्ता गठबन्धनमा सन्तोष मान्न नसकेका दाहालले यसपालि भने ‘ग्रिन सिग्नल’ दिए । दाहालले माओवादीका तर्फबाट वार्ता गर्न नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई खटाएका थिए भने सहमतिको दस्तावेज तयार पार्न जनार्दन शर्मालाई ।
नेताहरूले तीन दलीय एकीकरणको प्रस्थान बिन्दुका रूपमा मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका छन् । तीन दलले एउटै चुनाव चिह्न लिएर मंसिरकै निर्वाचनमा जाने प्रयास गरे पनि प्राविधिक र कानुनी अड्चन देखिएको नेताहरूले बताएका छन्।
‘बाबुराम भट्टराईजीको पार्टी प्रदेश र केन्द्रको निर्वाचनमा सूर्य चिह्नमै लड्नेछ,’ राष्ट्रिय सभागृहमा मंगलबार साँझ आयोजना गरिएको तीन दलबीच भएको सहमतिको घोषणा सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘अरू पार्टी पनि त्यसमै निर्वाचन लड्ने प्रयास भइरहेको छ।’
एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीचको एकीकरणले नेपाली राजनीतिमा नयाँ अध्यायको प्रारम्भ भएको दाबी ओलीले गरे । उनले एउटै कम्युनिस्ट पार्टी बनाएर देश र जनतामा समर्पित हुन यस्तो प्रयास भएको स्पष्ट पारे । ‘यो एकीकरण र तालमेल अन्य कुनै पार्टी्विरुद्ध भएको होइन,’ उनले भने, ‘वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक पार्टी पनि यस एकीकरणमा सामेल हुन सक्छन्।’
प्रतिक्रिया