Bisal Chautari Logo

जारी-२, सङ अफ च्याब्रुङ’ले नयाँ गीत रिलिज

- १८ भाद्र २०८२, बुधबार १६:४८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,  २०८२ भाद्र १८ बुधवार।
असोज ३ गते रिलिज हुने ‘जारी-२, सङ अफ च्याब्रुङ’ले नयाँ गीत रिलिज गरेको छ।

सिनेमाले ‘अम्लारी’ बोलको गीत सार्वजनिक गरेको हो ।

उपेन्द्र सुब्बा सिनेमाका लेखक तथा निर्देशक हुन् ।

 फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।

फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ।

फिल्ममा दया, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ।

‘जारी’ फिल्म २०८० सालको ब्लकबस्टर फिल्म हो। सो वर्ष फिल्मले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो। त्यसैले निर्माण घोषणा भएदेखि नै यो फिल्मलाई प्रतिक्षित फिल्मको सूचीमा राखिएको छ।

फिल्मले आफ्नो पछिल्लो व्यापारिक इतिहासलाई कायम राख्ने बलियो अपेक्षा राखिएको छ।

प्रतिक्रिया