Bisal Chautari Logo

जोसेफ राई बने नवौं ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल–२०२५’को बिजेता

- १८ भाद्र २०८२, बुधबार ११:५० मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ भाद्र १८ बुधवार ।
नवौं ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल–२०२५’को बिजेता जोसेफ राई बन्न सफल भएका छन् । नेपाली बाल प्रतिभालाई विश्वसामु चिनाउने र उनीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासमा टेवा पु¥याउने उद्देश्यका साथ आयोजित ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल–२०२५’ को नवौं संस्करण एक भव्य समारोहका बीच जोसेफ राईले बिजेताको ट्रफी चलालेका हुन् । सिनियरमा जोसेफसंगै जुनियर गल्र्सतर्फ आभ्या ढकाल, र सिनियर गल्र्सतर्फ अबनवी कार्कीले ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल–२०२५’को उपाधि हात पारेका हुन् । उनीहरूले आफ्नो अद्वितीय प्रस्तुति र कलाले सबैको मन जित्न सफल भए ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित यस प्रतिष्ठित प्रतियोगिताले बालबालिकामा लुकेका अद्वितीय प्रतिभालाई उजागर गर्दै उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमतामा उल्लेख्य वृद्धि गरेको छ । प्रतियोगितामा विभिन्न विधाका विजेता तथा उपविजेताहरूले आफ्नो जादुमयी प्रदर्शनका साथ निर्णायक मण्डल र उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध पारे । बाल प्रतिस्पर्धीहरूको उत्साह र प्रस्तुतिले कार्यक्रम हलमा ऊर्जाको सञ्चार गराएको थियो ।

प्रतिक्रिया