political news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १७ मंगलबार । एकीकरण र आगामी चुनावमा तालमेलको तयारी गरेका एमाले–माओवादी गठबन्धनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल पनि सहभागी हुने भएको छ ।
एक साताअघि देखि नेकपा एमालेसँग नयाँ शक्तिले थालेको सहकार्यको छलफल आज दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली र नयाँ शक्तिका भट्टराईबीच अन्तिम छलफल भएपछि टुंगोमा पुगेको हो। आजैको छलफल लगत्तै सहकार्यका लागि दुवै नेता तयार भए।
तयारी अनुसार आजै पत्रका सम्मेलन हुनु अघि तीन दलका नेताहरुको बैठक बस्दैछ। सिंहदरवारमा बस्ने बैठकले नै सहकार्यको अन्तिम खाका तयार पारी पत्रकार समेमलनमा जानकारी दिने तयारी गरेको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा भएको कांग्रेससँगको बैठक सकेर सिधै एमाले माओवादी र नयाँ शक्तिबीच हुने बैठकमा सहभागी हुनेछन्।
एमाले र माओवादीका नेताहरुको प्रस्तावमा बाबुराम भट्टराईले पनि समर्थन जनाउँदै सहकार्यको हात बढाएपछि तीन दलीय गठबन्धनको तयारी भएको हो।
कम्युनिष्ट गठबन्धनबाट चुनावमा सहभागी भएर पार्टी एकता गरी बलियो कम्युनिष्ट पार्टी निर्माणको लक्ष्य बनाइएको गठबन्धनमा कम्युनिष्ट छोडेको घोषणा गरेका बाबुराम समेत सहभागी हुन लागेका हुन्।
प्रतिक्रिया