Dashain of the President Bhandari family
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १६ सोमबार । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको शनिवार टीका ग्रहण गरेलगत्तै आफ्नो परिवार तथा आफन्तलाई टीका लगाइदिएकी छन् ।
दशैंघरका पुरोहितको हातबाट पहिलो टीकाजमरा ग्रहण गरेपछि उनले आफ्नी आमा तथा काकाको हातबाट टीका ग्रहण गरिन् । मान्जजनको हातबाट टीका ग्रहण गरेपछि उनले आफ्ना छोरीज्वाई लगायतका आफ्ना आफन्तलाई टीका लगाइदिइन् ।
दशैंको रातो टीका र जमराको माला पहिरिएकी राष्ट्रपति भण्डारीले आफ्ना ज्वाईँहरुलाई पनि जमराको माला पहिर्याइदिइन् । अन्यलाई भने राष्ट्रपति भण्डारीले पूर्वराजाहरुले निधारमा टपटप टीका लगाइदिइन् ।
राष्ट्रपति सन्ततिको टीकाको तस्विर छायांकन गर्न गएका निजी सञ्चार माध्यामलाई भने रोक लगाइएको थियो ।
फोटो रासस
प्रतिक्रिया