boyfriend or girlfriend can be searched online
एजेन्सी
काठमाडौँ, २०७४ भाद्र २३ शुक्रबार। कुनै बेला यस्तो समया थियो आँखा आँखा जुध्थे र मुुुुसुक्क मुस्कुराएर माया प्रेम बस्थ्यो । अनि कुनै बेला माया साट्नका लागि आफ्ना मनमा रहेको भवनाहरु लेखेर प्रेमपत्र मार्फत आफ्नो प्रेमी प्रेमीकालाई दिने चलन थियो। तर, प्रविधिको विकाससँगसँगै मायामा पनि परिवर्तन आएको छ । मायाको खोजी अहिले कलेजका क्यान्टिन र कार्यालयमा भन्दा बढी मोबाइल ऐप्समा हुन थालेको छ ।
फ्लर्ट गर्नेदेखि लिएर च्याटिङ र डेटिङसम्मका ऐप्स एन्ड्रोयड र आइफोनका लागि डाउनलोड गर्न सकिन्छ । यहाँ तपाईमै भर पर्दछ कि तपाई त्यसका कसरी लगअन गरिरहनु भएको छ । कतिपय ऐप त फेसबुकसँग पनि जोडिएको हुन्छ जुन विश्वसनीयता कायम राख्न सहयोग गर्दछन् ।
समय तिब्रताका साथ परिवर्तन भइरहेको छ । मायाको तरिकामा पनि परिवर्तन आएको छ । पहिला जहाँ साँचो माया पाउनका लागि कडा मेहनत गर्नु पर्दथ्यो, अब त्यही माया स्मार्टफोनको डेटिङ ऐप्समा पाइन्छ । यद्यपि यस्ता ऐप कति विश्वासिला हुन्छन् यो भन्न कठिन छ । ऐप बजारमा यस्ता ऐप्स छन् ।
डेटिङ ऐप टिन्डर
डेटिङ ऐप टिन्डर निकै लोकप्रिय छ । वास्तवमा यो ऐपको माध्यमबाट तपाई आफ्नो पार्टनरलाई या त सेलेक्ट गर्न सक्नु हुन्छ वा रिजेक्ट । बस स्क्रीन स्वाइप गर्नुस, आफ्नो सपनाको राजकुमार वा राजकुमारी तपाई सामु हुनेछ । २०१२ मा सार्वजनिक गरिएको यो ऐपका ६ महिनामै ५ लाख युजर पुगेका थिए । टिन्डर ऐप युवामाझ बढी लोकप्रिय छ । यसका औसत प्रयोगकर्ताको उमेर २३ वर्ष रहेको बताइन्छ ।
ओके क्युपिड
लोकप्रिय फ्री डेटिङ अनलाइन वेभसाइट ओके क्युपिडले हालै आफ्नो ऐप सार्वजनिक गरेको छ । ऐपको सहयोगबाट तपाई मन परेका तस्वीर र प्रोफाइल हेर्न सक्नु हुन्छ । ऐपको माध्यमबाट सन्देश पनि पठाउन सम्भव छ । ओके क्युपिडका कुल तीन करोड बढी प्रयोगकर्ता छन् । दश लाख युनिक प्रयोगकर्ताले दिनहुँ लगइन गर्ने गर्दछन् ।
समलिङ्गीका लागि ऐप
अब समलैंगिकहरुले पनि ऐपको माध्यमबाट पार्टनर खोज्न सजिलो भएको छ । समलैंगिक पुरुषहरु र समलैंगिक महिलाका लागि सयौ ऐप्स छन् जसले पार्टनर खोज्न सहयोग गर्दछन् ।
प्रतिक्रिया