Metropolitan Municipality will announce to Janakpur
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र १३ मंगलबार। सरकारले जनकपुर उपमहानगरपालिकालाई महानगरपालिका घोषण गर्ने तयारी गरेको छ । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यालयहरु समेत स्थापना भइसकेको अवस्थामा सरकारले यस्तो तयारी थालेको हो ।
जनकपुरलाई उम्मेदवार मनोनयन दर्ताको एक सातामात्र अगाडि मात्र महानगर घोषणा गर्न लागिएको सत्तारुढ फोरम लोकतान्त्रिकका महामन्त्री भारतेन्दू कुमार मल्लिकले खुलासा गरेका छन् ।
प्रदेश न २ को १३६ स्थानीय तह मध्ये वीरगन्जमात्र महानगरपालिका हो । सबै राजनीतिक दलले जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग राख्दै आएकाले सबैको सल्लाहमै महानगर घोषणा गर्न लागिएको मल्लिकले बताए ।
प्रतिक्रिया