Bisal Chautari Logo

नेपाल र भारतबीच ८ वटा महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर

- ८ भाद्र २०७४, बिहीबार ०९:५९ मा प्रकाशित


8 important signature letters signed between Nepal and India
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ भाद्र ८ बिहिबार । नेपाल र भारतबीच ८ वटा महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको भेटवार्तामा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।हस्ताक्षर भएका ८ मध्ये ४ बुादा भूकम्पपछि भारतले नेपाललाई दिने भनेको सहयोग साग सम्बन्धित छन् । भूकम्पपछिको पुनर्निर्माण लागि भारतले घोषणा गरेको १ विलियन अर्थात १ अर्बको प्रयोगबारे छ भने अर्को स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुननिर्माण सम्वन्धी छ ।
त्यसमा ५० हजार घर पुननिर्माणको मोडालिटीका विषय समेत समेटिएका छन् । त्यस्तै अर्को एमओयु शैक्षिक क्षेत्रमा भूकम्पपछि पुननिर्माणको रहेको छ भने बााकी दुईवटा सांस्कृतिक सम्पदा र शिक्षा क्षेत्रसाग सम्बन्धित छन् ।
नेपाल र भारतबीच मोची पुल पुननिर्माण, लागू औषध नियन्त्रण, नापतौल र चार्टर एकान्टेनसम्वन्धी चार समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।

प्रतिक्रिया