Yogendra and Sukumaya at Mustang
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ भाद्र ६ मंगलबार । सबै देश विदेशीको मन मुस्ताङको सैन्दर्यले तानेक छ । एक बाक्यमा भन्नुपर्दा मुस्ताङमा ‘स्वर्गको टुक्रा’ छ । कालीगण्डकीको सुन्दर बगर, मार्फा, टुकुचे लगायतका क्षेत्रमा बारीभरी लटरम्मै फलेका स्याउले कसको मन नतान्ला ?
मान्छे नै उडाउला जस्तो हावा, बिचमा हिउा पग्लेर आएको कालीगण्डकी, कुनापट्टी डरलाग्दा पहाड अनि धैलागिरी निलगिरी हिमालले घुम्नेहरुको मन फुरुङ्ग बनाइदिन्छन् । बथानका बथान भेडा च्यांग्रा अनि केही माथि गएपछि चौरीका बथान उस्तै, सुन्दै पनि अहिले नै हिडिहालै झौ लाग्ने, सुन्दरता शब्दले वर्णन गरेर सकिंदैन ।
यस्तै सैन्दर्यले भरिपूर्ण भएको मुस्ताङको सेरोफेरोमा रहेको ‘धुम्न जाउा मुस्ताङ’ गीतको भिडियो सार्वजानिक भएको छ ।
विमला तुलचाले मुस्ताङको सौन्दर्यतामा झुमेर लेखेकी गितमा, गणेश गुरुङले सङ्गीत, एड्रियन प्रधानको स्वर रहेको छ । भने योगेन्द्र र सुकुमायाले उक्त गीतको भिडियोमा अभिनय गरेका छन् । रामेश्वर हुमागाईाको छायााङकनमा रहेको भिडियोलाई रणबिर लिम्बुले निर्देश गरेको छ ।
भिडियोमा मुस्ताङमा बसोबास गर्ने जातीहरुको संस्कार र संस्कृति,
धर्म, रितिरिवाज र भेषभुषा झल्काएको छ । मुस्ताङमा बसोबास गर्ने समुदायका दैनिकीलाई पनि भिडियो मार्फ उतारेको छ ।
भिडियो हेर्नुहोस् ।
प्रतिक्रिया