Bisal Chautari Logo

बाढीपीडितहरुको लागि एक महिना पुग्ने राहत वितरण, कहा कति वितरण?

- १ भाद्र २०७४, बिहीबार ०६:१७ मा प्रकाशित


Distribution of relief for affected people
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ भदै १ बिहिबार । बाढी पहिरोपीडितहरुको लागि गृह मन्त्रालयले आजदेखि एक महिनासम्म पुग्ने खाद्यन्न वितरण गर्ने जानकारी दिएको छ। गृहमन्त्री जनार्दन शर्माले स्थानीय प्रशासनमार्फत ५० केजी चामलसहित दाल, तेल लगायतका सामाग्री वितरण गर्न लागेको जानकारी दिएका छन्।
badi-biratnagar_feQjWca71O

बाढी पीडितहरुको नाममा सप्तरी लगायतका जिल्लामा कुहिएको चामल बााड्नेलाई कारबाही गर्ने प्रक्रिया अघि बढाइएको मन्त्री शर्माले जानकारी दिए।
कहा कति राहत
सुनसरी –त्रिपाल १०८ वटा, चामल १५ हजार ५०० केजी, दाल ९७० केजी, चिउरा १९ हजार ४०० केजी, भुजिया १० हजार ७०० केजी, विस्कुट ४९०० प्याकेट, तेल ६२० लि., चाउचाउ २८५० कार्टुन, नुन ९५० केजी।
सप्तरी -पोका बनाएको १ परिवारका लागि भुजिया, चिउरा, चाउचाउ, बिस्कुट, १३७८ थान, चाउचाउ १२४ कार्टुन, पानी ९२ कार्टुन, भुजिया ९१ बोरा, बिस्कुट ५ कार्टुन । क्षेत्रीय आपतकालीन गोदाम घर सुनसरीबाट ८००० थान त्रिपाल ल्याइएको छ।
मोरङ –त्रिपाल ३२५६ वटा, कम्वल ८२५, चकटी २९३ वटा, झुल २८५ वटा, बाल्टिन ३१५ वटा, प्लाष्टिक ४४ रोल, चामल १८९५ क्विन्टल, दाल १६० केजी, चिउरा ७०० केजी, भुजिया १६४२ केजी, विस्कुट २०० कार्टुन, पानी ११६ कार्टुन, चाउचाउ १०० कार्टुन, चिनी ५५ के.जी, नुन २२५० केजी।
सिराहा – त्रिपाल ३१० वटा, चामल ३६५० केजी., दाल ३३५ केजी., नुन ३४१ केजी., चिउरा ६४५ केजी., भुजा ४८१ केजी., दालमोठ १८७ के.जी., तेल २८ लिटर, पिठो ४०० केजी, डोरी ५०० मिटर।
सर्लाही –त्रिपाल ४०७ वटा, कम्वल ३० वटा, जग ३० वटा, कपडा २०० सेट, चामल १० हजार २०० केजी, दाल १२०० केजी, चिउरा १३ हजा २३० केजी, भुजिया १५ बोरा, दालमोठ ५५ बोरा, बिस्कुट ३० कार्टुन।
महोत्तरी – त्रिपाल १५२ वटा, म्याट्रेस १२५ वटा, कपडा ४०० थान, चामल १०० बोरा, दाल २० केजी, चिउरा १७६७ केजी, भुजा ६२ केजी, विस्कुट ५२५ प्याकेट, पानी ७४० बोतल, चाउचाउ।

पााचथर – त्रिपाल-४१ वटा, कम्वल-५ वटा, कपडा-२० थान, चिउरा-८२ के.जी, विस्कुट-७२ दर्जन।
झापा -त्रिपाल-१५७५ वटा, राहत सामग्री १२सेट, झुल ७२१ थान, भााडा १५५ सेट । कचनकवल गाउापालिकामा मृत्यु भएका राम भन्ने पवन राजवंशीका परिवारलाई नगद दुई लाख राहत वितरण गरिएको।

प्रतिक्रिया