Chandra Kala Rai and Rewat Rai Solti Hajur song
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ माघ ४ मंगलबार । सञ्चारकर्मी तथा गायिका चन्द्रकला राईको दोस्रो एल्बम ‘सोल्टी हजुर’को शीर्ष गीत सार्वजनिक भएको छ ।
गायिका राई नै स्वर र शब्दको रहेको ‘सोल्टीनि ज्यू सोल्टीनी ज्यू भन्दिउ कि आइ लभ यु’ बोलको गीत आइतबार सार्वजनिक भएको हो । उनलाई गायक रेवत राईले साथ दिएका छन् ।
गीतमा भीषण मुकारुङको सङ्गीत रहेको छ भने सागर सन्सार राईले एरेन्ज गरेका छन् । यसैगरी नेत्र किरातीले निर्देशन गरेको भिडियो शिर कुमार साङपाङले खिचेका हुन् । भने मोडल सुमन, कोपिला, शेर बहादुरको फिचरिङ रहेको छ ।
यस एल्बममा भीषण मुकारुङका साथै सङ्गीत प्राज्ञ गणेश रसिक, दीपक शर्मा र पारस मुकारुङ्को सङ्गीत रहेको छ । त्यस्तै गायिका चन्ऽकला राई, रेवत राई , राजेश पायल राईले स्वर दिएका छन् । एल्बममा कवि स्वप्नील स्मृतिको पनि शब्द रहेको छ ।
पत्रकारितासगै सांगतिक क्षेत्रमा लागिरहेकी राईको एल्बम केही दिनमा सार्वजनिक हुनेछ ।
Song Title : Solti Hajur
Vocal : Rewat Rai, Chandra Kala Rai
Lyrics : Chandra Kala Rai
Music : Bhishan Mukarung
Artist : Suman, Kopila, Sher Bdr
Arranger : Sagar Sansar Rai
Cameraman/Editor : Shir Kumar Sampang
Director : Netra Kiratee
प्रतिक्रिया