deeya pun in nepal movie bir bikram promotion
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ श्रावन २६ बुधबार । अत्याधिक चर्चा र पर्खाइमा रहेको भदौ ३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘वीर विक्रम’ प्रचारका लागि अभिनेत्री दिया पुन नेपाल आएकी छिन् । लण्डनमा बस्दै आएकी दिया आज बुधबार बिहान आफ्नी आमासँग नेपाल आएकी हुन् । निर्देशक मिलन चाम्स दियालाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । निर्देशक मिलनले दियालाई स्वागत गर्दै ‘वीर विक्रम’ लेखेको टिसर्ट दिएर स्वागत गरेका थिए ।
मिडियासग कुरा गर्दै दियाले ‘वीर विक्रम’ बाट निकै आशावादी रहेको बताइन् । चलचित्रकी सोलो अभिनेत्री पुनले पहिलो चलचित्र भएकाले पनि धेरै उत्साहित रहेको बताइन् । चलचित्रको बारेमा बोल्दै दियाले चलचित्र ‘वीर विक्रम’ राम्रो बनेको र सबै दर्शकलाई चलचित्र हेरेर प्रतिक्रिया दिन आग्रह गरिन् । चलचित्रको प्रचारका लागी अब चलचित्र रिलिज हुने समयसम्म नेपाल बस्नेपनि दियाले बताइन् ।
चलचित्रका निर्देशक मिलन चाम्स पनि हिरोइनको आगमनसँगै उत्साहित देखिए । उनले भने, ‘हिरोइन आइन अब व्यापक हुन्छ ।’ चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, नाजिर हुसेन लगायतको अभिनय रहेको छ । ‘वीर विक्रम’ को गीत र ट्रेलरले यतिबेला चर्चा पाइरहेको छ ।
प्रतिक्रिया