Bisal Chautari Logo

चलचित्र विकाश बोर्डका अध्यक्ष पप्पुले राजिनामा दिने सम्भावना

- १ श्रावण २०७०, मंगलवार ०९:५६ मा प्रकाशित


साउन १, काठमाडौ । चलचित्रकर्मिहरुको करिव ७ हप्ता चर्को आन्दोलनका बाबजुत पनि चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा नियूक्त भएका धर्मेन्द्र मोरवैता (पप्पु)ले बोर्ड अध्यक्ष पद बाट राजिनामा दिने मनाशाय बनाएको खुलासा भएको छ। श्रावण १ बाट बक्स अफिस एवं फिल्म तथा फिल्म हल बर्गिकरण प्रक्रिया अघि बढ्ने सुनिश्चत भएपछि पप्पुले बोर्डमा अब आफ्नो नेतृत्व अपरिहार्य नरहेको तर्क सार्दै उक्त पद स्वईच्छाले छाड्न लागेको श्रोतको दाबी छ ।

गत माघ १२ गते बाबुराम सरकारका सञ्चारमन्त्री राजकिशोर यादवको एकल पहलबाट बोर्ड अध्यक्षमा नियुक्त भएका पप्पु राजकिशोरका विश्वास पात्र उनी राजकिशोरकै पार्टी मधेसी जनाधिकार फोरम गणतान्त्रिकबाट आगामी निर्वाचनमा उम्मेदवारी दिने गृहकार्यमा जुटिरहेका छन् । पप्पुले आउदो निर्वाचनबाट सभाशद बन्ने सपना बुनेकाले चुनावी माहोललाई आफ्नो पोल्टोमा पार्ने रणनीति अनुरुप अध्यक्ष पद छाडी राजनीतिमा सक्रिय हुने तयारी अनुरुप बोर्डबाट राजिनामा दिन लागेकोपनि खुलासाभएको छ । पप्पुले एक हप्ताभित्रै राजिनामा दिने प्रबल सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया