Aaryan Sigdel & Namrata Shrestha Movie CLASSIC Trailer
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष ९ बिहिबार । अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ अभिनित पछिल्लो चलचित्र ‘क्लासिक’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलर १ मिनेट ५३ सेकेण्डको रहेको छ, र सार्वजनिक ट्रेलरले नै रुवाउने किसिमको ट्रेलर बनेको छ ।
आज बिहिबार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गर्दे चलचित्र यूनिटले ट्रेलर तथा चलचित्रको एक गीत सार्वजनिक गरेको हो । चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेपछि चर्चामा आएको सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरेको चलचित्र ‘क्लासिक’को ट्रेलर सार्वजनिकमा पनि रुचाइएको थियो । ट्रेलर तथा गीत सार्वजनिकमा बोल्दै चलचित्रका निर्देशक दिनेश राउतले चलचित्र क्लासिक दर्शकहरुको चाहना अनुरुप नै निर्माण गरेको बताउदै ‘–आखा र दिमागले मात्र नहेरी मनदेखी चलचित्र हेर्नहोला, ।’ त्यस्तै निर्माता सुवास गिरीले नोभेम्वर रेनमा चाहेर पनि नसकेका कुराहरु पुरा गर्न ‘क्लासिक’ बनाएको बताए ।
कार्यक्रममा ‘सुनौलो’ बोलको गीतपनि सार्वजनिक गरिएको थियो । यस गीतमा मेलिना राई र कोशिश क्षेत्रीको स्वर रहेको छ । कार्यक्रममा मेलिना, कोशिश र यूवराज चौलागाईले गीतपनि गाएका थिए । गीत सार्वजनिक कार्यक्रममा संगीतकार तारा प्रकाश लिम्बुको संगीतकोपनि तारिफ गरिएको थियो ।
यस चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा छन् । चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, डाक्टर कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको गीत, कोशिश क्षेत्री, यूवराज चौलागाई, मेलिना राइको स्वर समावेश छ । चलचित्रमा हिमाल केसीको द्वन्द, रेनाशा राईको नृत्य निर्देशन, सुरेन्द्र पौडेलको सम्पादन, कोरियोग्राफि रेनेशा बान्तावा राई, छेतन गुरुङको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहेको छ । यो चलचित्र भ्यालेन्टाइन डेको छेकोमा माघ २९ बाट प्रदर्शन हुदैछ ।
ट्रेलर हेर्नुहोस् :
Aaryan Sigdel Entertainment Present’s
Subas Entertainment Production
Director : Dinesh Raut
Producer : Subas Giri
Cast: Aaryan Sigdel, Namrata Shrestha, Romi Ghimire, Prajwal Sujal Giri, Sushil Kafle, Shisir Rana, etc.
D.O.P.: Rajesh Shrestha
Editor: Surendra Poudel
VFX: Vi-zay Bashyal, Shree Krishna Shrestha
Music: Tara Prakash Limbu
Choreographer: Renesha Bantawa Rai
Chief Asst. Director: Dinesh Rawat
Associate Director: Bikas Subedi
प्रतिक्रिया