Bisal Chautari Logo

माइती नेपालका बालबालिका भन्दैछन् –‘जे हुनु भैसक्यो, रोएर केही आउदैन’ (भिडियो)

- ३० श्रावण २०७२, शनिबार ०५:५४ मा प्रकाशित


Song From Maiti Nepal Je Hunu Aba Bhaisakyo Royera Kehi Audaina
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन ३० शनिबार । असफल भइयो भनेर टाउको समातेर बस्ने हो भने अगाडि बढ्न सकिदैन । माइती नेपालमा रहेका बालबालिका पनि अहिले यही सन्देश छर्न अगाडि बढेका छन् । विनाशपछि विकास हुन्छ, तर रोएर हुादैन भन्ने सन्देश लिएर उनीहरु दर्शकमााझ आएका हुन् ।

Song From Maiti Nepal Je Hunu Aba Bhaisakyo Royera Kehi Audaina

उनीहरुको आवाजमा समावेश ‘जे हुनु अब भैसक्यो, रोएर केही आउादैन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा माइती नेपालमा रहेको टेरेजा एकेडेमीमा पढ्दै आएका १० बालबालिकासहित गायक मदन गोपालले आवाज भरेका छन् । आफ्नै गुरु तथा गायक मदन गोपालको मार्गदर्शनमा गायनमा लागेका उनीहरु अहिले यो गीत चर्चामा आएपछि दंग छन् । गीतमा मदन गोपालको साथमा पुजा परियार, विमला प्रजा, देवी रोका, राजकुमारी थापा, समीक्षा तामाङ, आरती उप्रेती, सपना तामाङ, कमला तामाङ, पूजा तामाङ र सुस्मिता वीकको स्वर छ । भिडियोमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको साथमा विश्वराम खड्का मदन गोपाल र माइती नेपालमा रहेका बालबालिकालाई देख्न सकिन्छ । गायक तथा संगीतकार मदन गोपालले आफूले आफ्ना बच्चाहरुका लागि यो गीत तयार पारेको र बच्चाहरुले चर्चा पाउादा खुशी लागेको बताए । गीतमा अविरल थापाले शब्द कोरेका छन् । भिडियोलाई अनुप थापाले निर्देशन गरेका हुन् ।

Lyrics: Abiral Thapa
Music: Madan Gopal
Vocal: Pooja Pariyar, Raj Kumari Thapa, Devi Roka, Samikshya Tamang, Aarati Upreti, Pooja Tamang, Sapan Tamang, Bimala Praja, Susmita B.K, Kamala Tamang & Madan Gopal
Arranger/Mixing & Mastering : Samik Sapkota
Director: Anup Thapa
Cinematography: Rajiv Manandhar
Video Editor: Sailendra Paudel
Color Grader: Sudip Shrestha
Choreography: Dilmaya B.K
Production: Raw Mind Media
Recorded at Joon Records
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!

प्रतिक्रिया