Bisal Chautari Logo

बोर्ड अध्यक्ष राजकुमार राइलाई चलचित्र पत्रकार संघको वधाई तथा शुभकामना

- ४ असार २०७२, शुक्रबार १५:४० मा प्रकाशित


rajkumar rai to film journalist nepal Association Congratulations and best wishes
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार ४ शुक्रबार । चलचित्र विकास बोर्डका अध्यक्षमा भर्खरै नियुक्त भएका राजकुमार राइलाई आज चलचित्र पत्रकार संघले वधाई तथा शुभकामना दिएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै राजकुमार राईलाई चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको भन्दै संघले वधाई दिएको हो ।

rajkumar rai to film journalist nepal Association Congratulations and best wishes
चलचित्र पत्रकार संघको वधाई थाप्दै राजकुमारले आफूबाट चलचित्रकर्मीले आशा गर्नु स्वभाविक भएको बताउदै आफ्नो मुख्य मुद्धा बक्स अफिस लागू गर्नु भएको बताए । उनले विकास बोर्डले सबैसँग मिलेर काम गर्ने बताए । बक्स अफिस कहाँ राख्ने बिषयमा बहस भैरहेको भन्दै उनले एनटीसी र सुविसुको कार्यलय उपयुक्त हुने बताए । एनटीसीको कार्यलयमा बक्स अफिस राख्दा सबैलाई सहज हुने उनको तर्क थियो । बक्स अफिस राखेपछि वितरक, निर्माता, प्रदर्शक, समिक्षकको एउटा समिती बनाउन सकिने उनले बताए । उनले यो समितीमा चलचित्र पत्रकारहरुलाई पनि राख्ने बताएका छन् ।
बक्स अफिसको बिषयमा प्रदर्शक र वितरकले असहमती जनाउनुको अर्थ नभएको उनको भनाई थियो । उनले सबैको हिसाब स्पष्ट रुपमा देखिने कुरामा विवाद गर्नुको अर्थ नभएको बताउँदै सबैसँग मिलेर काम गर्ने बताए । तर, सिमित व्यक्तिलाई मात्र फाइदा हुने बिषयलाई लिएर अड्चन खडा गरेको खण्डमा सरकारले आफ्नै तबरले निर्णय गर्ने उनको तर्क थियो । चलचित्र पत्रकार संघका उपाध्यक्ष विष्ण्ुा सुवेदीले स्वागत मन्तव्य राख्दै अब वितरक, निर्माता, प्रदर्शकसँगै प्रवद्र्धकलाई पनि साथ लिएर हिड्नु पर्ने बताए । अध्यक्ष शान्तीप्रियले बोर्डले चाहेको खण्डमा बक्स अफिसको सफ्टवेयर राख्न चलचित्र पत्रकार संघ तयार भएको बताए । उनले चलचित्र पत्रकार संघले पत्रकारहरुको अभिवृद्धिका लागि गर्ने कार्यक्रममा बोर्डको सहयोगको अपेक्षा गरेका थिए ।

प्रतिक्रिया