Bisal Chautari Logo

राजेश पायलले ६० लाखमा निर्माण गरिएको स्टुडियो उद्घाटन गर्दै गीत रेकर्ड पनि गरे

- ४ असार २०७२, शुक्रबार १३:४३ मा प्रकाशित


rajesh payal rai music studio opening in nepal
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार ४ शुक्रबार । चर्चित गायक राजेशपायल राईले आज शुक्रबार ६० लाखमा निर्माण गरिएको स्टुडियो उद्घाटन गर्दै गीत रेकर्ड गरेका छन् ।

rajesh payal rai music studio opening in nepal
उक्त रेकडिर्ङ स्टुडियो संगीतकारद्धयय हरिलम्साल र संचिन सिंह, एरेञ्जर महाराज थापा, राजन इशान र प्रकाश मिश्रको करिब ६० लाखको लगानीमा निर्माण गरिएको बताइएको छ ।
काठमाडौंको नक्सालमा ‘एकोस्टिक रेकडिर्ङ स्टुडियो’को उद्घाटन गर्दै राईले सोही स्टुडियोमा नयाँ गीत पनि रेकर्ड गरेका हुन् । हरि लम्सालको संगीत र भाग्य न्यौपानको शब्द रहेको ‘बोलाउन बाबा बोलाउन आमा’ बोलको गीतमा आफ्नो स्वर भर्दै राईले रेकर्ड गरेका हुन् ।

प्रतिक्रिया