Bisal Chautari Logo

१६ वर्षिया विमल घर्तीमगरको गोलले नेपाल र पाकिस्थान बराबरी

- १८ भाद्र २०७०, मंगलवार १५:०२ मा प्रकाशित


                     साफ  च्याम्पियनसिप                       
१८ भाद्र, काठमाडौं । १६ वर्षमुनिका विमल घर्तीमगरको गोलको मद्धतले नेपाल पाकिस्तानसँग बराबरी खेलेको छ । मंगलबार भएको खेलमा नेपालले पाकिस्तानसँग १–१ को बराबरी खेल्दै अंक खोसेको हो । बराबरीपछि २ खेलबाट ४ अंक जोडेको नेपाल शीर्ष स्थानमा छ भने पाकिस्तानको १ अंक छ । 
साफ च्याम्पियनसिप अन्तर्गत दशरथ रंगशालामा जारी नेपाल र पाकिस्तानबीचको खेलमा पाकिस्तान १ गोलले अगाडी भएको समयमा थप ४ मिनेटको समयमा विमलले निर्णायक गोल गरेका छन् । मध्यान्तरसम्मको नजितामा पाकिस्तान १ गोलले अगाडी थियो । उसको लागि खेल सुरु भएको १४ औं मिनेटमा हसन वासिरले गोल गरे । डिफेन्डरले भरिएको नेपाली डिबक्स नजिकैबाट अनमार्क उनले हानेको सर्ट गोलकिपरले किरणले समात्नै भ्याएनन् । गोलमा पछाडी परेको नेपालले लगातार आक्रमण बुनिरहेको भए पनि गोलको अवसरबाट बञ्चित थियो । पाकिस्तानी गोल रक्षकसग ठोक्किएर घाईते भएका नेपाली स्ट्राईकर अनिल गुरुङलाई ३९ औं टंक बस्नेतले सब्सिच्युट गरेका थिए । 

प्रतिक्रिया