Bisal Chautari Logo

संगीतकर्मीको सम्मान थाप्न गएका वोर्ड अध्यक्ष राजकुमारले कुन मागको सुनुवाइ गरे ?

- २ असार २०७२, बुधबार १५:०९ मा प्रकाशित


Musicians of honor chalchitra bikash board Chairman rajkumar rai
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७२ असार २ बुधबार । नेपाल चलचित्र विकाश बोर्डको अध्यक्ष पदमा नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकबाट नियुक्त भएपछी अध्यक्ष राजकुमार राइलाई अहिले चलचित्र क्षेत्रका सबै संघसस्थाहरुले सम्मान तथा बधाइ दिइरहेका छन् । वोर्ड अध्यक्ष राईलाई नेपाल संगीतकार संघका पदाधिकारीले अविर लगाई खादा ओढाएर मायाको चिनो प्रदान गरी सम्मान गरेका छन् ।

Musicians of honor chalchitra bikash board Chairman rajkumar rai
यस्तै क्रममा संगीतकर्मीको सम्मान थाप्न गएका वोर्ड अध्यक्ष राजकुमार राईलाई चलचित्र विकास वोर्डमा गठित चलचित्रकर्मी कल्याणकारी कोषमा संगीतकारको पनि सहभागीता हुनुपर्ने माग उठेको छ । विकास वोर्डमा नव नियुक्त अध्यक्ष राजकुमार राई समक्ष संगीतकर्मीले यस्तो माग राखेका हुन् । पुलतीसडक स्थित संगीतकार संघको कार्यालयमा नव नियुक्त वोर्ड अध्यक्ष राईको सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।

Musicians of honor chalchitra bikash board Chairman rajkumar rai (3)
बधाई तथा सम्मान कार्यक्रममा संगीतकार संघका उपध्यक्ष एवं प्रज्ञा शान्तिराम राईले बधाइ दिदै भने,–‘संगीतकारको तर्फबाट प्रतिनिधित्व होस् भनेर डेढ वर्ष पहिले चलचित्र विकास वोर्डमा गठित चलचित्रकर्मी कल्याणकारी कोषमा निवेदन हालेका थियौं । भावना बुझेको अध्यक्ष नभएकाले त्यो कार्य हुन सकेन ।’ यस अघिका विकास वोर्ड अध्यक्षले फिल्म क्षेत्रलाई ध्वस्त गराएर गएको आरोप समेत शान्तिराम राईले लगाए । राईले थप्दै भने, ‘कुनै पनि अवार्ड तथा कार्यक्रममा संगीतकारसँगको सहभागीता हुनुपर्छ भन्ने कुरा पहिले देखि नै उठाएका थियौं । नव नियुक्त अध्यक्षलाई पनि यही कुरा राख्न चाहन्छौं ।’
विकास वोर्ड अध्यक्ष राजकुमार राईले पनि सम्मानित मञ्चबाटै चलचित्रकर्मी कल्याणकारी कोषमा एक जना संगीतकर्मीको प्रतिनिधित्व गराउने प्रतिवद्धता जनाए । चलचित्रकर्मीले चलाएको आन्दोलनबाट आफु विकास वोर्डको अध्यक्ष पदमा नियुक्ती भएको बताउदै विकास वोर्डमा रहुञ्जेल चलचित्र क्षेत्रको लागि केही न केही काम गर्ने बताए ।

Musicians of honor chalchitra bikash board Chairman rajkumar rai (1)
संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषले सम्मान तथा बधाइ दिदै भने–‘हामी तपाईको साथमा छौ, सम्पुर्ण संगीतकर्मीहरु तपाइको साथमा छ ।’ त्यस्तै चलचित्र क्षेत्रकै मर्म बुझ्ने मान्छे अध्यक्ष भएको बताउदै अध्यक्ष शेषले भने–‘चलचित्र विकास वोर्डमा नियुक्त भएका १२ जना अध्यक्ष मध्ये निर शाह, शम्भूजित बाँस्कोटा र यादव खरेल बाहेक दुई चार वटा कविता लेखेर विकास वोर्डको अध्यक्ष भएकाले केही पनि सम्झन योग्य काम गरेनन् ।’
बोल्ने क्रममा अध्यक्ष लक्ष्मण शेषले ‘उहाँ(राजकुमार राई)लाई कसैले फकाउन र डराउन सक्दैन । फक्किने र डराउने व्यक्तिले चलचित्र क्षेत्रमा काम गर्न सक्दैन ।’

प्रतिक्रिया