Bisal Chautari Logo

सरोजजी के साच्चै तपाइको १७ बर्षे अमेरिका बसाइमा केहि उपलब्धी भएन ?

- १ असार २०७२, मंगलवार १७:१७ मा प्रकाशित


saroj khanal america back to nepal
सागर घिमिरे
सम्झना सायदै नहोला आज भन्दा २ बर्ष अघि अमेरीकाको भजिनिर्यामा रहेको एक नेपालीद्धारा संचालित रेस्टुरेन्टमा कुनै कार्यक्रमको सिलिलामा खनालसंग भेट्ने अबसर पाएको थिए । उनको अभिनयसंगै केहि समयको बसाइमा बोलीबाट पनी निकै प्रभाबित भएको थिए । खुशी पनि लागेको थियो, कुनै बेलाको चचिर्त कलाकारलाइ यसरी भेट्न पाउदा । आफ्नो देशको चचिर्त कलाकारलाई बिदेशी भुमिमा भेट्न पाउदा मन खुशी नहोस पनि कसरी ?

saroj khanal america back to nepal
केहि दिनदेखि सरोज खनालका अभिब्यक्तिले भने म र म जस्तै अमेरिकामा आफ्नो भबिश्य सुनिश्चितकाको लागि अवसरको खोजि गरिरहेकाहरुलाई भने सकारात्मक र नकारात्मक दुवै तरङग पैदा गरिदिएको छ । म यो लेखमा खनालको पुरै बिरोध गर्न गैरहेको छैन । तर उनको पूर्ण समर्थन गर्न पनि सकिरहेको छैन ।
यतिबेला १७ बर्षको बसाइ पछि अमेरीका छोडेर नेपाल जाने घोषणा गरेपछी उनले मिडियामा एकाएक पाएको चर्चाले म अलमलमा परेको छु । मेरो ६ बर्षे अमेरिका बसाइमा मैले बुझे अनुसार सरोज खनाल नेपालका चचिर्त कलाकार भएपनी अमेरीकामा भने आफ्नो काम, ब्यापार, ब्यबसायमै ब्यस्त थिए । नेपालीहरुको कार्यक्रममा अक्कल झुक्कल देखिने खनाल सामाजिक क्षेत्रमा त्यति सकृय भएको भने मैले देखेको थिएन ।
तसर्थ आफ्नो र परिवारकै भबिश्यको लागि १७ बर्ष सम्म अमेरीका भौतारीनुभयो भन्दा खासै फरक नपर्ला र तपाइकै भनाइमा सफल पनी हुनुभयो । अमेरीकामा आफ्ना २ छोरालाइ आमिर्मा फर्ती गराउनु, दुइवटै छोरालाइ छुट्टाछट्टै घर, गाडी, काठमाडौंमा बालुवाटारमा आफ्नो लागी घर, भाइहरुको लागी ब्यबसाय, त्यो भन्दा ठुलो अमेरीकाको सफलता यतिबेला मेरो नजरमा सायदै नहोला । पैसा कमाउन र परिवारको भविश्यको लागी लागेको मान्छेको यो भन्दा ठुलो सफलता तपाइले के खोज्नुभएको हो मैले बुझ्न सकिन ।
तपाइका केहि चचिर्त चलिचत्र मैले पनी हेरेको छु चलचित्रको अिभनयबाट निकै प्रभाबित पनी छु तर यो तपाइको रिएल जिन्दगीको अभिनयले भने मर्माहित तुल्याएको छ । सरोजजी के साच्चै तपाइको १७ बर्षे अमेरिका बसाइमा केहि उपलब्धी भएन? पहिले त्यहि नेपालमा अब बस्न सक्दिन मलाइ ग्रिन कार्ड दे भनि अमेरिकासंग अपिल गरेर ग्रिनकार्ड बनाउनु भयो अमेरिकको नागरीकता लिनु भयो, आज आएर यहि १७ वर्षको कर्मथलोलाइ गालि गलोज गर्दै हुनुहुन्छ, सस्तो लोकप्िरयताको लागी गोजिमा अमेरिकाको नागरिकता राखेर यहि देशको खेदो खेद्दै हुनुहुन्छ ।
तपाइको कलाकारिताको जती बेला नेपालमा खाचोँ थियो त्यतिबेला कलाकारीता आफ्नो रगतमा भेट्नुभएन अमेरीका ताक्नुभयो आज जब बुढेसकाल लाग्यो अब अमेरीकामा पैसा कमाएर पुग्यो जस्तो लाग्यो तब एक दिन खुसि हुन सकिन भन्दै नेपाल फर्कदै हुनुहुन्छ । आज आएर एक्कासि रगत रगतमा कलाकारीता भेट्नुभयो, र भन्दै हुनुहुन्छ अमेरिका बस्ने ठाउनै होइन, ६ हजार २ सय ५ दिनसम्म अमेरिका बस्दा यो भूमिमा म एकदिन पनि खुसी भएर बिहान घरबाट निस्कन र बेलुका घर फर्कन सकिनँ। एक दिन खुसि हुनुहुन्नथ्यो भने के का लागी ६ हजार २ सय ५ दिनसम्म बस्नुभयो ।
तपाइले भने जस्तो त्यति नै मातृभुमिको माया नै हुन्थ्यो त आफ्ना छोराहरुलाइ अमेरिकी सेनामा भति र्नै गराउनुहुदैनथ्यो तपाइको परिवारलाइ १७र१७ बर्षसम्म पालेको भुमि यहि हो पुख्र्याैली भुमिबाट रिन र अन्यौलग्रस्त भविश्य बोकेर आएको तपाइलाइ घर र गाडी छोराहरुको नाममा सारेर स्वदेश फर्कने अवसर पनी यहि भुमिले दिएको हो । तपाइका समकक्षी चचिर्त कलाकारहरु आजसम्म पनि आफ्नै भविश्यको चिन्तामा छन् तर तपाइले त आफ्ना छोराहरुको भविश्य समेत सुनिश्चत गरिसक्नुभएको छ ।
मेरो चित्त दुखाइ तपाइ नेपाल जान लागेको भनेर अबश्य होइन, थुप्रै नेपालीहरु नेपालप्रति चिन्तित हुन्छौ म पनी छु, ढिलो चाडो हामि पनी नेपाल जाने कै लहरमा छौ, तर मेरो असहमती यो यो देशलाइ कामै छैन भनेर हिड्ने तपाइको भनाइ प्रति हो । मेरो असहमती अरु कोहि फर्केकै छैनन्, म मात्र फर्कै भन्ने प्रस्तुती प्रती हो । धेरै कलाकार नेता साहित्यकार र अरु सर्बसाधारण फकिर्सकेका छन् र कति फर्कने क्रममा छन् ।
तपाइको राष्ट्रवादलाइ गोहिको आसुसंग तुलना गर्दा हुन्छ । तपाइको अमेरिकाप्रतीको मोह भङग र नेपाल प्रतिको प्रेम बुभिनसक्नु छ । १७ बर्षसम्म कुनै बिषेश पढाइ वा तालिम लिएर फर्कनुभएको भए भन्नहुन्थ्यो “स्याबास खनालजी राम्रो निर्णय गर्नुभयो“ भनेर तर बुढ्यौली बिसाउन जादै हुनुहुन्छ १७ बर्षे कर्मभुमिलाइ गाली गरेर । केहि वर्ष पछी नेपाललाइ गाली गरेर फेरी अमेरीका नफर्कनुहोला शुभकामना छ ।
सागर घिमिरे (द नेपाल टुडे डटकम)
हाल बाल्टिमोर मेरिल्यान्ड बाट

प्रतिक्रिया