Bisal Chautari Logo

लगातारको बर्षाल निर्माणधिन पक्कीपुल बगायो, लाखौको क्षेती

- १८ भाद्र २०७०, मंगलवार १६:४७ मा प्रकाशित


सचिन बशिष्ठ 

ब्रेकर : सदरमुकाम गाईघाटबाट विभिन्न ठाउमा सञ्चालन हुने यातायातका साधानहरु अवरुद्ध वनेका छन् भने कृषकहरुले भर्खरै रोपेको धानमा समेच क्षेति पुगेको छ । सदरमुकाम गाईघाट आसपासका दर्जनौँ वस्तिहरु डुवानमा परेका छन् । 

१८ भाद्र, उदयपुर । दुईदिन यता लगातार परेको अविरल बर्षाका कारण जिल्ला भरको जनजिवन प्रभावित वनेको छ । सदरमुकाम गाईघाटबाट विभिन्न ठाउमा सञ्चालन हुने यातायातका साधानहरु अवरुद्ध वनेका छन् कृषकहरुले भर्खरै रोपेको धानमा समेच क्षेति पुगेको छ । सदरमुकाम गाईघाट आसपासका दर्जनौँ वस्तिहरु डुवानमा परेका छन् ।
जिल्लाको खाबु रौता हुादै सल्ले, मुर्कुचि नेपालटार, गाईघाट बेल्टार, गाईघाट फत्तेपुर सडक दर्जनौ ठााउमा बगाएको छ । त्रियुगा, लुहाले र बरुवा खोलामा आएको बाढिले हज्जारौ विगाहा जमिन कटान समेत गरेको छ । यता उदयपुको सदरमुकाम गाईघाट स्थीत बरुवा खोलामा आएको बाढीले गाईघाट– वेल्टार सडक खण्डको बरुवा खोलामा निर्माणधिन पक्कीपुलको निर्माण सामाग्री र तठबन्ध बगाउदा लाखौको क्षती भएको छ भने निर्माणकार्य मंगलवारवाट अवरुद्ध बनेको छ । उदयपुरको पुर्वी गाविसहरुलाई जोड्न गाईघाट–बेल्टार सडक खण्डमा निर्माणधीन पक्कीपुलको पिलरको काम सकिएको अवस्थामा चार ओटा पिलरमाथीको पायर ढलाईका लागि सेटिङ्ग गरीएका सामाग्री बाढीले बगाएको छ । त्यस्तै हालै निर्माण सम्पन्न भएको करिव एक सय मिटर लामो बाध र १२ मिटर सेक्सनको करिव एक सय ५२ घनमिटर मिटर स्परमा समेत क्षतीपुगेको छ । यसवर्षकै सवैभन्दा ठुलो अनुमान गरिएको बाढीले खोला किनारमा राखिएको पम्पीसेटका बिभिन्न सामाग्रीहरु समेत बगाएको छ । बाढीले करिव २० लाख बरावरको क्षती गरेको पुल निर्माण कम्पनी हरिहरी एपेक्स जेभी गाईघाटका सुदीप दाहालले जानकारी दिएकाछन् । निर्माणधिन अवस्थामा बाढीले लाखौको क्षती भएपछि निर्माण कम्पनीले मंगलवारवाट काम रोकेको छ । नौ वटा पिलरको सो पुल करिव छ करोडको लागतमा निर्माणाधिन अवस्थामा छ । 

प्रतिक्रिया