Bisal Chautari Logo

नेता गोरेबहादुरको स्वाथ्यमा सुधार

- १९ भाद्र २०७०, बुधबार ०६:५१ मा प्रकाशित


१९ भाद्र, काठमाडौ । 
पूर्व मन्त्रि तथा जनजाति नेता गोरेबहादुर खपांगी मगर आदिबासी जनजाति फिल्म फेस्टिबल कार्यक्रममा सहभागी हुन जाँदै गर्दा अचानक मोटर साइकलले ठक्कर दिदा गम्भीर घाइते भई नभिर्क हस्पिटलमा उपचार हुन नसक्ने अवस्था आएपछि नभिर्क अस्पतालका डा: प्रबिण श्रेष्ठ र सिंगापुरका डा: इभान बिचको परामर्स पछी थप उपचारको निम्ति पूर्व मन्त्रि खपांगी सहित सहयोगी चन्द्र थापामगर नर्स एलिजा आलेमगर को साथ २३ अगस्ट सिंगापुर माउन्ट ईलिजावेथ हस्पिटलमा भर्ना गरिएको आज १४ दिन पुगेको छ। 
खपांगीको सम्पूर्ण उपचार डा: ईभान ले हेरिरहेको छ । अनुमानित खर्च सिंगापुर डलर ५० हजार लाग्ने भनिएको थियो बिरामीलाई नेपाल बाट यहा ल्याउन साथ परिक्षण गर्दा टाउकोमा राखिएको भिपि कन्टबाटै इन्फेक्सन सुरुभएर छाती घांटी पेट मुत्र थैली सम्म इन्फेक्सन फैलिएको हुदा लगातै एमआरआई गर्न नसकिने भएकोले नेपाल मा राखिएको ख्ए–कजगलत निकाली इन्फेक्सन लाइ पूर्ण रुप मा नियन्त्रण मा लिई ५ दिन पछी एमआरआई  गरिएको छ । उपचार संगै खपांगी को स्वास्थयमा धेरै सुधार आइसकेको छ र आज ४ अगस्टको बिहान भिपि सन्ट ट्युव राखी सल्यक्रिया सफल भएको छ । डा: ईभानको भनाइ अनुसार १ वा २ दिन भित्र बिरामीलाई नेपाल पठाउन सकिने जानकारी गराएको भएको छ । हाल सम्म १ लाख ३० हजार डलर खर्च भएको छ जसमा ४६ हजार ४ सय बुझाई सकिएको छ बाँकी ८३ हजार ६ सय डलर नबुजाइ उपचार नै रोकिने भएको ले सिन्गापुरमा कार्यारत २ जना जमानत बसी सल्यक्रिया गर्ने काम अगाडी बढाइएको कुरा बिरामीको लागि सबै चाजो पाजो मिलाई रहेका नैना प्रकाश मगर , शिद कुमार केप्चाकी, श्याम गुरुङ, राम बहादुर राना ले बताए ।

प्रतिक्रिया