Bisal Chautari Logo

राजेशको डाइलड, दिपक–दिपाको हास्य, आस्थाको गीत र तेरियाको डान्सले युएई गुञ्जियो

- ३१ जेष्ठ २०७२, आईतवार १६:२९ मा प्रकाशित


rajesh hamal other artist Nepali help the earthquake victims UAE musical program
दीपेन्द्र घिमिरे (तस्बिर सहित)
युएई, २०७२ जेष्ठ ३१ आइतबार । भुकम्प पीडित नेपालीको सहयोगार्थ युएईको आवुदावीमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । गएको शुक्रबार आयोजित उक्त कार्यक्रममा महानायक राजेश हमाल, हमाल पत्नि मधु भट्टराई हमाल, हास्य कलाकारद्धय दिपकराज गिरी र दिपाश्री निरौला, पप गायिका आस्था राउत, डान्सर तेरिया मगर, पप तथा लोक गायक तिलक बम मल्ल, लोक तथा दोहोरी गायक/गायिका इन्द्र जिसी, सम्झना लामिछाने, पप गायिका प्रजिता गेलालले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

rajesh hamal other artist Nepali help the earthquake victims UAE musical program-1
नेपाली राजदुतावासको अगुवाईमा युएईमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुले गरेको संयुक्त कार्यक्रममा करिब तीन हजार जनाको सहभागिता थियो । कार्यक्रमबाट उठेको सम्पूर्ण रकम भुकम्प पीडित नेपाली जनताको लागि दुतावासको रोहवरमा प्रधानमन्त्री राहत कोषमा पठाईने कार्यक्रमका संयोजक कृष्ण भुषालले जानकारी दिए । कार्यक्रममा आफ्नो प्रस्तुती दिनबेलामा महानायक राजेश हमालले नेपालीहरुको यो दु:खद घडी भए पनि हामी सबै नेपालीलाई एकताबद्ध भएर देश निर्माणमा अग्रसर हुन प्रेरित गरेको बताए । आफ्नो चचिर्त डायलग ‘साथीहरुको लागि यो हात सलाम र दुश्मनहरुको लागि यो हात फलाम’ भन्दै हमालले यो फलामको हात अव देश निर्माणमा प्रयोग गर्न सबैलाई आग्रह समेत गरे ।

rajesh hamal other artist Nepali help the earthquake victims UAE musical program
कार्यक्रममा डिआईडी लिटल च्याम्पियन सिजन ३ को विजेता तेरिया मगरले पनि आफ्नो प्रस्तुति राखेकी थिईन् । तेरियाको नृत्यले झुमेका दर्शकहरुलाई आस्था राउतले चौवन्दीमा पटुकी गाउन थाल्दा नायक राजेश हमाल स्टेजमै पुगेर नाचेका थिए । साभार : मिडिया एनपी

प्रतिक्रिया