Bisal Chautari Logo

हङकङमा राजेश पायलसंगै अन्य कलाकारले भुकम्पपिडित खोटाङेहरुको सहयोगार्थ कार्यक्रममा गाउने, हसाउने

- ३१ जेष्ठ २०७२, आईतवार १५:१६ मा प्रकाशित


rajesh payal rai and other artist Earthquake victim khotang support program in Hong Kong
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ जेष्ठ ३१ आइतबार । गत बैशाख १२ गतेदेखी लगातार आइरहेको महा–भुकम्पबाट नेपालको सबै जिल्ला थला परेको छ । यस्तै क्रममा महाभुकम्पमा परेर थला परेको खोटाङलाई सानै रुपमा भय पनि दीर्घकालिनरुमा केहि सहयोग गरौ भन्ने उद्देश्य बोकेर ‘खोटाङ समाज हङकङले’ हङकङमा साङ्गीतिक कार्यक्रम गर्न लागेको जानकारी आफ्नो फेसबुकबाट गराएका छन् ।

rajesh payal rai and other artist Earthquake victim khotang support program in Hong Kong
‘खोटाङ समाज हङकङले’ ‘दैबि प्रकोप विपद अछयकोस निर्माणार्थ खोटाङ हलेसि साझ–३’ यहि १६ अगस्ट २०१५ मा गर्ने भएको हो । सो कार्यक्रममा चर्चित गायक राजेश पायल राई, संगीतकार महेश खड्का, गायिका ज्योति मगर, मेनुका राई, हास्यकलाकार सैलेन्द्र सिम्खडा, गायक सचिन राई, गुरुङ सोल्टिसंगै स्थानीय नृत्यहरुको बेजोड प्रस्तुती रहने बताइएको छ ।

प्रतिक्रिया