Bisal Chautari Logo

‘बुद्धका आँखा’ सार्वजनिक (भिडियो सहित)

- ३० जेष्ठ २०७२, शनिबार १४:१६ मा प्रकाशित


Buddha Ka Aankha Hera song release
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ जेष्ठ ३० शनिबार । ‘बुद्धका आँखा हेर शालिन छन् अझै’ बोलको गीत सार्वजनिक भएको छ । सो सार्वजनिक सन्देशमुलक र प्रेरक म्यूजिक भिडियाले चारजनाको परिचय थपिएको छ । म्यूजिक भिडियोले आरजे अर्जुन केआर, पत्रकार मधु शाही, चित्रकार ज्योतिप्रकाश र क्यामरापर्सन कमल प्रसाईको परिचय थपिएको हो ।

Buddha Ka Aankha Hera song release (1)
सार्वजनिक म्यूजिक भिडियोबाट अर्जुन निर्देशक, मधु गीतकार, ज्योति गायक र संगीतकार, कमल छायांकार र सम्पादकका रुपमा डेब्यू भएका हुन् । यि चारै जनाको पहिलो प्रयासबाट तयार भएको यो म्यूजिक भिडियोको हालै एक कार्यक्रमका विच वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले सार्वजनिक गरे ।

Buddha Ka Aankha Hera song release (2)
‘धेरैले भूकम्प सम्बन्धि गीत ल्याए । भत्किएका संंरचना र मरेका शवहरु देखाए’, निर्देशक केआरले भने, ‘तर, हामीले त्यसो गरेका छैनौँ । देश बन्छ । कोही पनि आत्तिनु हुदैँन भन्ने सन्देश सहितको प्रेरणादायी भिडियो बनाउने प्रयास गरेका छौँ ।’ जुना प्रसाईको समेत स्वर रहेको यो गीतमा दीपाश्री निरौला, दिपकराज गिरी, झरना थापा, निर्मल शर्मा, जितु नेपाल, विनिता मरहठ्ठा लगायतका कलाकारले अभिनय गरेका छन् ।
भिडियो सहितको गीत हेर्नुस् :–

Song – Buddha ka Aankha Hera…..
Singer – Jyoti Prakash/Juna Prasain
Music – Jyoti Prakash
Lyrics – Madhu Shahi
Arrange – Bishnu Adhikari
Studio – Opal Studio, Anamnagar
Camera/Edit – Kamal Prasain
Direction – Arjoon KR

प्रतिक्रिया