Bisal Chautari Logo

भूकम्पकामा भत्किएका विद्यालयको पुननिर्माण सहयोगार्थ ‘होस्टेल रिटन्र्स’ले च्यारिटी गर्ने

- २८ जेष्ठ २०७२, बिहीबार १५:४७ मा प्रकाशित


earthquake damaged school reconstruction Help hostel returns charity
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ जेष्ठ २८ बिहिवार । दुगिर्श फिल्मसले २०७२ बैशाख १२ गते गएको महा–विनाशकारी भूकम्पमा सिन्धुपाल्चोक र धादिंगमा भत्किएका विध्यालयको पुन निर्माणको सहयोगार्थ होस्टेल रिटन्र्स चलचित्रको च्यारिटी–शो देशका विभिन्न जिल्लाहरुमा गर्ने भएको छ ।

earthquake damaged school reconstruction Help hostel returns charity
चलचित्र ‘होस्टेल रिटन्र्स’ को प्रदर्शन मिती महाभूकम्पका कारण वैशाख २५ गतेको प्रदर्शन मितीलाई स्थगन गरि चलचित्र अब आउँदो भदौ ४ गते देखि प्रदर्शनमा आउने भएको छ । च्यारिटी–शो गरेर उक्त च्यारिटी शो बाट उठेको रकम भुकम्प पिडित को सहयोगको लागि खचिर्ने कुरालाई सबैले सकारात्मक रुपमा लिएका छन् ।
च्यारिटी शो हुने स्थानहरु : पाल्पा, दमौली, पोखरा,नेपालगंज, टिकापुर रहेको यस चलचित्रका निर्माता सुनील रावलले बताए । अन्य स्थानहरुमा पनी च्यारिटी–शो गर्न चाहेको रावलले बताए । निर्माता रावल भन्छन्,–‘मैले केबल ब्यापार वा रमाइलो खोजेको होइन, यो समयमा आफ्नो काम संगसँगै सामाजिक कर्तब्य पनि पुरा गर्न सक्यो भने आत्मसन्तुस्टि हुन्छ र त्यों कुरा सकारात्मक कुरा हो अनि आफुले सक्दो सबैले गरे मात्र सही बाटो तिर जनेछौ र यदि तपाईहरु पनि आफ्नो जिल्लामा यस चलचित्रको च्यारिटी–शो गरी सहयोग गर्न चाहनुहुनछ भने यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ ।’ रावलले थप्दै भने –‘विद्यालय निर्माणको लागि कदम उठाउनु भनेको यो समयमा आवश्यक कुरा पनी हो किनभने अहिले बिध्यालयहरु क्षतिग्रस्त छन । यो समयमाँ विद्यार्थीहरुलाई पढ्न लेख्न गारो भइरहेको बेला मैले आफ्नो मन थाम्न सकिन र यो काम म गर्दैछु’ ।
अहिले च्यारिटी–शो बाट उठेको रकमबाट सिन्धुपाल्चोक र धादिंगमा अस्थाई बिध्यालय निर्माण गर्नुको साथै केहि रकमले सुदुरपश्चिमका केहि स्थानमा पाठ्यपुस्तक वितरण गर्ने कुरा पनि बताए ।

प्रतिक्रिया