Bisal Chautari Logo

मेघिकालाई मिल लिटिल वल्र्डमा दुई उपाधि

- २८ जेष्ठ २०७२, बिहीबार १५:२३ मा प्रकाशित


meghika kapri miss little world
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ जेष्ठ २८ बिहिवार । १० वर्षीय बाल प्रतिभा मेघिका काप्रीले अन्तराष्ट्रिय बाल सौन्दर्य प्रतियोगितामा सफलता हासिल गरेकी छिन् ।

टर्किको बोडरुममा हालै सम्पन्न ‘लिटिल मिस एन्ड मिस्टर वल्र्ड–२०१५’मा उनले ‘मोस्ट ट्यालेन्ट अवार्ड’ र ‘फोटो मोडल अफ द वल्र्ड अवार्ड’ गरी दुई ओटा उपाधि हाता पारेकी छिन् ।

meghika kapri miss little world
सो कार्यक्रममा भाग लिएर दुई उपाधि सहित नेपाल आएकी मेघिकाले राष्ट्रिय भावनाले ओतप्रोत नेपाली गीतमा नृत्य गरेर ‘मोस्ट ट्यालेन्ट अवार्ड’ जितेकी हुन् । meghika kapri miss little world (2)सो सफलता बारे उनले भनिन्,‘ट्यालेन्ट सोका लागि दिईएको तीन मिनट समयमा मैले एक मिनट शास्त्रीय नृत्य र दुई मिनटसम्म आाखैमा राख्छु मेरै देश…बोलका राष्ट्रिय गीतमा नेपाली नृत्य गरेको थियो । सो नृत्यले मलाई मोस्ट ट्यालेन्ट अवार्ड दिलायो ।’ एशिया, युरोप, अमेरिका र अफ्रिकी गरेर २५ मुलुका बालिकाहरुको सो प्रतियोगितामा आफु ट्यालेन्ट सोमा बिजेता हुन पाउादा साह्रै खुसी लागेको उनले बताईन् । ट्यालेन्स सोमा उत्कृष्ट भएको सो नृत्य उनले नेपालका तर्फबाट अन्तिम समारोहमा पनि प्रस्तुत गर्न पाईन् ।
प्रतियोगिबीच भएको फोटो प्रतिस्पर्धामा पनि उनी उत्कृष्ट भईन् । अन्तिम प्रतिस्पर्धामा पुगेर पनि लिटिल मिस वल्र्ड २०१५ भने बन्न नसकेकोले बताईन् । सो प्रतियोगितामा लिटिल मिस वल्र्डको उपाधि भने युक्रेनकी अन्ना क्लिमोभेट्सले जितेको पनि काप्रीले बताईन् ।
मिडिया ल्याण्डद्धारा गत वर्ष आयोजित ‘चाईल्ड आईकोन–२०१४’मा काप्रा फस्ट रनर अप भएकी थिईन् । उनी अहिले ललितपुरको डिएभी स्कुलमा पााच कक्षामा पढ्छिन् ।

 

प्रतिक्रिया